त्यो दिन तिमीले सहयोग गरेको भए, म बाँच्ने थिए…

रातको करिब ११ बजिरहेको थियो प्रमोद चितवन नारायणघाट स्थित एक होटलबाट बाहिर घर जानको लागि निस्कियो । टाढा-टाढासम्म सडक सुनसान थियो, अरु दिनहरूमा प्रमोद बेलुका ८ बजे नै होटलबाट घर जाने गर्थ्यो । तर आज होटलमा अलिक ग्राहकहरुको चाप बढी को कारण उसलाई होटल मालिक ले ११ बजे जानको लागि भनेका थिए ।

थाकेको शरीर होटलबाट मोटरसाइकल लिएर पर्सा घर जानको लागि निस्कियो रात छिप्पिदै थियो त्यसमाथि सुनसान सडक ..

प्रमोद आरामले मोटरसाइकल चलाई रहेको थियो , अचानक उसलाई महसुस भयो कि उसको पछाडि सिटमा कोही बसिरहेको छ … प्रमोद ले पछाडि फर्किएर हेर्‍यो , सिटमा कोहि थिएन ।
प्रमोद ले केहि बुझ्न् नै सकिरहेको थिएन कि यो के भैरहेको छ भनेर, उसलाई लाग्यो कि यो एक भ्रम हो । तर केहि समयपछि उसलाई महसुस भयो उसको काँधमा कसैले हात राखिरहेको छ भन्ने । प्रमोद ले साइड ऎनामा हेर्‍यो, त्यहाँ उसको मोटरसाइकल पछाडि सिटमा एउटी सुन्दर केटि बसेकी थिइन । प्रमोद ले बाइक को स्पिड बिस्तारै गरेर पछाडि फर्किएर हेर्‍यो त्यहाँ सिटमा कोही थिएन, सिट खाली थियो…। फ़ेरी उसले साइड ऎना हेर्यो, पछाडि एउटि सुन्दर केटि सिटमा बसेकी थिइन ।

प्रमोद डराउन थाल्यो उसले मोटरसाइकल को गति बढाउन थाल्यो । ४०, त्यसपछि ५०, फ़ेरि ६० त्यसपछि ७० फ़ेरि बिस्तारै १०० तर जुन तरिकाले मोटरसाइकल को स्पिड बढिरहेको थियो उसको काँधमा हातले जोडले पक्डिरहेको महसुस भैरहेको थियो …..

प्रमोद पसिनै पसिना भैरहेको थियो उसलाई लागि रहेको थियो किचकन्य या भुत को छाया ले उसलाई पछ्याइ रहेको छ भन्ने .. उसले बाइक को स्पिड अरु बढाउन थाल्यो १२० किलोमिटर को रफतार …

डर धेरै नै लागि रहेको थियो प्रमोद लाई म माथी के भैरहेको छ भन्ने बुझ्न नै सकिरहेको थिएन । त्यसबेला अचानक पुर्ब झापा बिर्तामोड काँकडभिट्टा बाट काठमाडौ तिब्रगतिमा जाँदै गरेको नाइट बस ले उसलाई कस्सेर ठक्कर दियो । जसमा काठमाडौ बाट पुर्ब तिर जाँदै गरेको गाडिको टायर ले टाउको र छातिमा कि चेर उसको घट्नास्थलमा नै मृत्यु भयो । प्रमोदको मृत शरीर रोडमा रगत बगिरहेको थियो… तर आत्मा भने त्यही नजिक रहेको रुख नजिकै थियो र उसको अगाडि त्यहीँ केटि उभिएर हाँसी रहेकी थिइन …. प्रमोद उ सँग रिसायो तिम्रो कारण ले बिनाकारण आज म मरे…

यो सुनेपछि उस केटि चिच्याउन थाली…

Leave a Reply

Your email address will not be published.