बैंककमा रोकिएकी हिमानी ३ महिनापछि स्वदेश फिर्ता
पूर्वयूवराज्ञी हिमानी शाह थाइल्यान्डबाट आज स्वदेश फर्केकी छन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै अड्केकी थिइन् । उनि तिन महिना पछि स्वदेश फर्किएकी हुन् ।
मंगलबार नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन् ।
दिउसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वारेन्टिनमा बसेका छन् । नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको महाप्रबन्धक केसीले जानकारी दिए ।
हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन् । थाइल्यान्डमा बस्दा हिमानीले छोरीहरुसित बनाएको टिकटक भिडियो भाइरल भएको थियो ।