लाखौँ फ्यान कमाएकी आश्माको सर्वाधिक ११ हट अवतार
पाेखरा ३१ साउन- नेपाली चर्चित डान्स ग्रुप ‘द कार्टुन क्रुज’की एक मात्रै लेडी सदस्य आश्मा विश्वकर्मा नाचेरै चर्चित बनिन् । पछिल्लो समय उनको फ्यान फलोइङ हेर्ने हो भने कुनै चर्चित नायिकाको भन्दा कम छैनन् ।
डान्सकै कारण विदेशमा समेत चर्चा कमाएकी आश्मालाई सामाजिक सञ्जालमा लाखौंले फलो गरेका छन् । युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन् । उनलाई इन्स्टाग्राममा ३ लाखभन्दा बढीले फलो गरेका छन् ।
अहिलेसम्म कुनै फिल्ममा पनि अभिनय नगरेकी आश्मा अभिनय क्षेत्रमा कदम राख्न चाहन्छिन् । तर उनका हातमा राम्रो फिल्मको स्क्रिप्ट नपरेको उनको तर्क छ ।
उनका फ्यानले रुचाएका यी तस्बिर हेर्नुहाेस्–
याे पनि पढ्नुहाेस्ः
गाईजात्राको रमाइलो हनुमानढोकामा
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवङ्गत आफन्त तथा पितृको सम्झनामा निकालिने गाइजात्रा आज हनुमानढोकामा शुरु भएको छ । विशेषगरी काठमाडौँ उपत्यकाका नेवार समुदायले मृतात्माको शान्तिको कामना गर्दै शहरका विभिन्न स्थानबाट सिङ्गारिएका गाई, कुमारी, बालक तथा युवालाई नगर परिक्रमा गराइएको छ । गाईजात्रा हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको छ । बिहानैदेखि शुरु भएको उक्त जात्रामा टोलटोलबाट विभिन्न वेषभूषामा नाच निकालिएको छ ।
दिवङ्गत आफन्तको सम्झना एवं उनीहरुको आत्मशान्तिका लागि शुक्रबार काठमाडौँको बसन्तपुरमा निकालिएको गाईजात्रामा सिङगारिएको बालक ।
गाईजात्रा निकालेपछि मृतात्माले यमलोकमा प्रवेश पाउने विश्वासका साथ वर्षभर मृ*त्यु भएका व्यक्तिका आफन्तले सो जात्रा निकालेका हुन् ।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहारेका हुन्छन् भन्ने देखाउन तात्कालिन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आदेश दिएकाले यो पर्व शुरु भएको धार्मिक मान्यता छ ।
दिवङ्गत आफन्तको सम्झना एवं उनीहरुको आ*त्मशा*न्तिका लागि शुक्रबार काठमाडौँको बसन्तपुरमा निकालिएको गाईजात्रा । केही दशकअघिदेखि गाई जात्राका अवसरमा हाँस्य र व्यङ्गसमेत प्रदर्शन हुँदै आएको छ । यसरी मृतकका घरघरबाट जात्रा निकालेर हनुमानढोकमा सामूहिक भेटघाट गराउँदा दुःखको पीडा कम हुने भएकाले पनि जात्राको लोकप्रियता बढेको हो । गाईजात्राका सहभागीलार्ई श्र*द्धालु*द्वा*रा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।
आजै गाईजात्राका अवसरमा सङ्घसंस्थामा आ*बद्ध तेस्रो लिङ्गीहरू सामूहिकरूपमा ठमेलमा भेला भएर निकालेको गाईजात्राको दृश्य हेर्न लायकको थियो । पहिचानका लागि लामो समयदेखि सङ्घर्ष गरिरहेका उनीहरुले केही वर्षदेखि गाईजात्रा निकाल्नाका साथै सांस्कृतिक कार्यक्रम पनि गर्दै आएका हुन् ।