८० जना बालबालिकको साहारा बनेको बाल केयर गृह

बालबालिका अपरिपक्व, निर्दोष, अबोध हुन्छन् एवं वयस्कप्रति परनिर्भर हुन्छन् । तिनीहरूको शारीरिक तथा मनोवैज्ञानिक व्यवहार र संवेगात्मक अवस्था कमजोर हुन्छ ।

बाल अधिकार भनेको जन्मपूर्व र जन्मिसकेपछि बालबालिकाको आधारभूत आवश्यकता एवं मौलिक हकको व्यवस्था हुनु हो । उक्त महासन्धिमा भेदभावरहित, सर्वोत्तम हित, दीर्घजीवन तथा विकास र भावनाको कदर गरी चार सिद्धान्तमा आधारित व्यापक अधिकारहरूको व्यवस्था गरिएको छ । बालबालिकालाई विपत्तिबाट जोगाउनु, जीवनरक्षा गर्नु, स्वास्थ्य र शिक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो ।

तर हाम्रो जस्तो बिकासोन्मुख देशमा बालबालिकाको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ । सडकका गल्ली गल्ली देखि लिएर मन्दिर तथा झाडीमा समेत बालबालिका भेटिन्छन् । तर सरकारले प्रभावकारी कदम अपनाउन नसकेको कारण बालबालिकाको अवस्था नाजुक बन्दै गइरेहको छ ।

नेपालमा पनि बालबालिकाको रेखदेख गर्ने कयौं संघ संस्था तथा केयर होमहरु रहेका छन् । त्यहाँ रहेका बालबालिकाहरु कति सुरक्षित छन् त भनेर कुरा उठिरहँदा हामी ललतिपुरमा रहेको चिल्ड्रेन्स बाल गृहमा पुग्दा त्यहाँका बच्चाहरु अत्यन्तै खुशी देखिन्थे । सरसफाई,स्वास्थ्य तथा खानपिनमा एकदमै ध्यान दिएको पाइयो र हामीले यहाँको वार्डेन तथा सञ्चालक सँग कुराकानी गरेका छौं ।

सरु लोहर : सञ्चालक

चिल्ड्रेनसन बाल गूहमा जम्मा ८० जना रहेका छौं । त्यस्मा कर्मचारीमात्र १५ जना छौं । फालिएका तथा साथी संस्थाबाट पाएका बच्चाहरुको रेखदेख गर्छौं । हाम्रो साथीहरुले एकदमै राम्रोसँग राखेको छौं । उनीहरुको पालनपोषणमा अहिलेसम्म कमी आउन दिएको छैन । स्पोन्सर खोज्ने काम उत्तर डमाडाले गरिरहेको छ । उहाँको गुण हामी जीवनमा कहिले पनि तिर्न सक्दैनौं । अहिले हामीसँग ६५ जना भाइबहिनीहरु हुनुहुन्छ । अब हामी त्यो संख्यालाई बढाएर १०० जना पुर्याउने योजना छ ।

सरु लोहर : सञ्चालक
बच्चाहरु बिरामी भए भने हामीलाई धेरै तनाब हुन्छ । किनभने उनीहरु कस्तो माहोलबाट आए भनेर हामीलाई थाहा हुदैन । त्यसैले ला के होला भनेर मनमा अनेक प्रकारका डरहरु लागिरहन्छ । आफ्नो बच्चा सरह माया हुन्छ । उनीहरुलाई केही भयो भने हामीलाई पिरोल्छ, मनमा अनेकौं डर र त्रास हुन्छ । हामीले गर्दै जादाँ एक जना १६ वर्षको बहिनीलाई टाउकोमा समस्या आयो । धेरै ठाउँमा औषधी उपचार गरायौं तर निको हुन सकेन । अन्त्यमा बिर अस्पताल पुगेपछि उनको टाउकोमा समस्या भएको र तत्काल अप्रेसन गर्नुपर्छ भन्ने कुरा आयो । त्यो पल मेरो लागि मरेतुल्य भयो । भक्कानो फुटेर आयो । टाउकोको अप्रेसन गर्न एकदमै धेरै खर्च लाग्ने भएकोले र हामीसँग पनि समस्या परेकोले गर्दा अलि गाह्रो भएको थियो तर पनि हामीले म्यानेज गर्यौं । यहाँबाट निस्केका धेरै बच्चाहरु हामीसँग सम्पर्कमा नै छैन । तर केहीले चै वास्ता गर्दैन्,राम्रो रेस्पोन्स नगर्दा धेरै चित्त दुख्छ ।

ललिता बोहोरा : वार्डेन

म यस बालगृहको वार्डेन हुँ । यो २०५० सालमा स्थापना भएको बालगृह हो । लेक प्रधान लोहारले काठमाडौं र महेन्द्रनगरमा गरी दुई ठाउँमा ब्रान्च खोल्नु भएको छ । उहाँले भर्खरै जन्मेको बच्चादेखि लिएर ठूला बच्चाहरुलाई समेत राख्नु भएको छ । यहाँ हुर्किएका भाई बहिनीहरु अहिले डेन्टिन्सका साथै बिए सम्मको अध्ययन गरिरहेका छन् । कोही नर्स भएर अष्ट्रेलिया समेत पुगेका छन् ।

अहिले हाम्रो बालगृहमा १ महिनाको बच्चादेखि बिए पढ्ने बिद्यार्थी समेत छन् । साच्चै भन्नुपर्दा म पनि यही बालकेयरको प्रोडक्ट हुँ । उहाँहरुको साथ र समर्थनले गर्दा म आज यो स्थानमा आइपुगेको हुँ । सरु लोहर म्यामले आमाको भुमिका निर्वाह गर्नु भएको छ । उहाँले हामीलाई आजसम्म आमाको मायाको कमी हुन दिनुभएको छैन । आर्थिक रुपमा बिपन्नका साथै गाँस बास र कपासको अभाव भएका मानिसहरुलाई सहयोग गरेर उहाँहरुले हामी जस्तो मानिसहरुको लागि सहारा बन्नु भएको छ । आर्थिक रुपमा सहयोग गर्ने उत्तर डमाडा हुनुहुन्छ त्यस्लाई अगाडी बढाउने काम सरु म्यामले गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *