पोखराको पृथ्वीचोकमा स्कुटर दुर्घटना

पोखरा न्यूज । पोखराको पृथ्वीचोकमा सोमबार  स्कुटर दुर्घटना  भएको छ ।

सोमबार दिउसो करिव १ :४५ बजे पृथ्वीचोकस्थित ट्राफिक कार्यालय  अगाडि ग १७ प ५३३६ नम्बरको स्कुटर दुर्घटना भएको हो ।

दुईजना सवाररत स्कुटर दुर्घटना हुँदा  स्कुटर चालक पुरुष  सामान्य घाइते भएको र पछाडी सवाररत महिला सकुशल रहेको  जिल्ला ट्राफिक कार्यालय कास्कीले  जनाएको छ ।

लु अ अ म (नयाँ)  ७०९९ नम्बरको टिपरसँग ठक्कर खाएपछि स्कुटर अनियन्त्रित भइ ग १ ख ९५७० नम्बरको यात्रुबाहक बसको मुनि परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सुचना अधिकारी एवं प्रहरी नायव निरीक्षक पूर्ण बहादुर अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा  स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त भएको र सवारीचालकहरुलाई अनुसन्धानका लागि नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *