किन झुण्डाइन्छ पसल र सवारी साधनको अगाडि कागती र खुर्सानी ?

एजेन्सी । पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । अधिकांश पसलमा तथा सवारी साधनको अगाडि कागती र खुर्सानीको माला झुण्डाएको देखेका छौं । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती र खुर्सानी झुण्ड्याउने गरेको बताइन्छ ।

सवारी साधनमा राख्नेहरुले भविष्यमा हुन सक्ने दुर्घटना टार्न यस्तो गरिएको तर्क दिन्छन् । एक प्रकारले यसलाई अन्धविश्वास मान्नेहरु पनि छन् तर पनि पसल तथा सवारीमा कागती र खुर्सानीको माला राखिएकै हुन्छ । आखिर यसरी कागती र खुर्सानीको मालाले के असर गर्छ त ? यसबारे केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

कुनै पनि व्यवसाय वा मेसिनरी सामाग्रीको प्रयोगमा जोखिम बहन गर्नुपर्ने हुन्छ । यसरी कागती र खुर्सानीको माला लगाउनुमा वास्तु दोष हटाउन सकिने मान्यता रहँदै आएको छ । हुन त घर तथा पसलको आसपासमा कागतीको रुख भएमा वातावरण स्वच्छ हुने र त्यसले मानसिक विचार तथा सोचमा सकारात्मक असर गर्दछ ।

वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ । हुन पनि घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ । सबैले घरमा रुख रोप्न नसक्ने भएकाले कागती र खुर्सानीको एक सेटले काम चलाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *