प्रदेश हिडेका प्रकाश ५ वर्ष हुँदा पनि घर फर्केनन्: खोजी गरिदिन हा’रगुहार गर्दै श्रीमती अनिता

कमाउन कतार हिडेका प्रकाश ५ वर्ष हुँदा पनि घर फर्केनन्: खोजी गरिदिन हा’रगुहार गर्दै श्रीमती अनिता
काठमाडौं : वैदेशिक रोजगारीको क्रममा कतार गएका झापाका प्रकाश काफ्ले पाँच वर्षदेखि सम्पर्कमा छैनन् । काफ्लेको खोजी गरिदिन उनकी श्रीमति अनिताले सरकारका विभिन्न निकाय गु’हारिन् । तर, पनि कुनै अ’त्तोप’त्तो लागेको छैन । झापा बाह्रदसी गाउँपालिका ४, सिर्जना चोकका काफ्ले २०७२ सालदेखि घर परिवारको सम्पर्कमा नआएको अनिताले बताइन् । २०६५ सालदेखि कतार जाने आउने गरेका प्रकाश ५ वर्ष यता न नेपाल आएका छन्, न परिवारको सम्पर्कमा नै । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कतारको केएफसी कम्पनीका कामदार प्रकाश पहिले वर्षेनी आउने जाने गर्थे । तर, पाँच वर्ष यता न उनी आएका छन्, न त खबर नै गरेका छन् । पतिको अवस्था पत्ता लगाउन कतारमा चिने जानेकासँग सम्पर्क पनि गरिन् । तर, कसैले पनि उनलाई जवाफ पठाएका छैनन् ।
श्रीमति अनिताले प्रकाशको खोजी गरी पाउँ भन्दै वैदेशिक रोजगार विभागमा निवेदन दिएकी छन्। १३ वर्षीया एक छोरीकी आमा अनिता छोरी लिँदै गुहार माग्न सरकारी अड्डा चहारिरहेकी छन् ।

अनिताले दिएको निवेदन अनुसार, वैदेशिक रोजगार विभागले कतारस्थित नेपाली नेपाली दूतावासलाई प्रकाशको खोजी गरिदिन आग्रह गरेको छ । विभागमा परेका उ’जुरीलाई सम्बन्धित देशको दूतावासमा पठाइने र दूतावासमार्फत नै खोजिने प्रावधान रहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले बताए । “हामीलाई आएको निवेदन सम्बन्धित दूतावासमा पठाएका छौं” उनले भने । अनिताको निवेदन अनुसार विभागले अघिल्लो वर्षको फागुनमा दूतावासलाई पत्र पठाएपनि दूतावासबाट कुनै जवाफ आएको छैन ।

विवाहपछि श्रीमतिलाई बाहिरै डेरामा राखेर पैसा कमाउन हिंडेका प्रकाश यतिका समय सम्पर्कमा नआउँदा अनिताका आमा छोरीलाई पैसाको खाँ’चो त परेको छ नै, पति र पिता हराएको पी’डाले मन थामि’नसक्नु भएको छ । पछिल्लो पटक गएपछि जम्मा दुई पटक फोनमा कुरा भयो, उनले सुनाइन्, त्यसपछि कुनै सम्पर्क भएको छैन । वैदेशिक रोजगारीको क्षेत्रमा निःशुल्क परामर्श दिँदै आएको काठमाडौंस्थित संस्था पिपुल्स फोरमले पनि घट’नाबारे अध्ययन गर्ने भएको छ ।

फोरमका अध्यक्ष सोम लुइँटेलले यस घट’नाको अध्ययन गरी अनुस’न्धान सुरु गर्ने जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारीमा गएर अ’लप’त्र परेका वा सम्पर्कविहीन भएकाहरुको खोजीका लागि वैदेशिक रोजगार कल्याणकारी कोष रहेको छ । सरकारले सोही कोषमार्फत पी’डितको खोजी गर्न तथा राह’त दिन सक्छ । वैदेशिक रोजगारीका क्रममा देखिएको अनिताको स’मस्या त एउटा प्रतिनिधि घ’टना मात्रै हो । रोजगारीका लागि गएका कैयौं नेपाली नागरिक लामो समयदेखि सम्पर्कविहीन छन् भने कैयौं कारा’गारमा परेका पनि छन् । –****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Post navigation

Leave a Reply

Your email address will not be published. Required fields are marked *