सुशान्त मृत्यु प्रकरणः शंकाको घेरामा प्रेमिका रिया चक्रावर्ती

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको आ त्मह त्यासँगै बलिउडमा अनेक शंका–उपशंका र चर्चा सुरु भएको छ । केही कलाकारले राम्रा फिल्ममा अवसर नपाएका कारण सुशान्त आ त्मह त्या गर्न बा ध्य भएको प्रतिक्रिया दिइरहेका छन् । केहीले यो व्यक्तिगत विषय भएको भन्दै हल्का टिप्पणी नगर्न आग्रह गरेका छन् 

यसैबीच सुशान्तको प्रेमिका भनिएकी रिया चक्रावर्तीविरुद्ध सुशान्त सिंहलाई आ त्मह त्या गर्नका लागि बा ध्य पारेको आरोपमा शनिबार बिहार अदालतमा दुरु त्साहन मु’द्दा दर्ता भएको छ । उक्त मु’द्दा २४ जुनमा यस विषयको सुनुवाई हुनेछ ।

यसअघि स्थानीय अधिवक्ता सुधिरकुमार ओझाले दुरु त्साहनकै आरोपमा बलिउडका चर्चित सेलिब्रेटीहरु सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जय लिला भन्साली र एकता कपूरविरुद्ध उजूरी गरेका थिए । यी ठूला कलाकारहरुले सुशान्तलाई नयाँ स्टार बन्नबाट रोक्ने प्रयास गरेको उनको आरोप छ । अधिवक्ता ओझाकाअनुसार सुशान्तलाई ७ वटा फिल्मबाट निकालिएको थियो भने उनका केही फिल्मलाई रिलिज हुनबाट रोकिएको थियो ।

१४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृ त भेटिएका थिए । रियाविरुद्ध सुशान्तलाई आर्थिक र मान सिक रुपमा शो षण गरेको आरोप लागेको छ । मुम्बई प्रहरीले पनि उनीसँग बयान लिइसकेको छ र प्रहरीले रियासहित १५ व्यक्तिको बयान रेकर्ड गरेको छ । प्रहरीसँगको बयानमा रियाले आफु सुशान्तसँग प्रेममा रहेको स्वीकार गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *