गुल्मीमा अटो रिक्सा दुर्घटना एक जनाको मृत्यु चार जना घाइते !

गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । शुक्रबार जिल्लाको गैडाकोटबाट सदरमुकाम तम्घास आउदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा रेसुङा नगरपालिका – १३ भगेरिमा अनियंत्रित भैइ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि अटो रिक्सा चालक रेसुङा नगरपालिका १२ का ३० वर्षीय तेज बहादुर रानाको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनएको छ । त्यस्तै दुर्घटनामा परि रेसुङा नगरपालिका २ का वर्ष २७ का सुनिल विक र वर्ष १८ का सुरज विक गम्भीर घाइते भएका छन ।

उनिहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । त्यस्तै रेसुङा नगरपालिका २ का १६ वर्षीय रोशन परियार र रेसुङ नगरपालिका १२ क १० वर्षीय रमेश खत्रीको अवस्था मध्यम रहेको र जिल्ला अस्पतालमा उपचार भैरहेको छ । गए राती ८ः४५ को समयमा अटो दुर्घटना भएको थियो भने अटो रिक्सा सडक बाट करिब २०० मिटर तल खसेको गुल्मी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *