नाला खन्ने क्रममा २ फुट बराबरको शिव मुर्ती फेलापर्यो, चमत्कार भन्दै स्थानियले पूजा गर्न थालेपछि…

नेपालगन्ज, ७ असार । बाँकेको नेपालगन्जमा नाला खन्ने क्रममा हिन्दु धर्मावलम्बीहरुले मान्ने शिव भगवानको मुर्ती फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल समशेर रााणाले फेसवुकमा शिवको मुर्ती देखाउँदै त्यसवारे जानकारी दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं ७ स्थित नाला खन्ने क्रममा दुईमिटर गहिरो खा’ल्डोमा २ फुट बराबरको शिव भगवानको मुर्ती फेला परेको भन्दै उनले सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराएका छन् ।

मुर्ती फेला परेको स्थानमा स्थानियले पुजा गर्न लागेका छन् । नाली खन्ने खा’डलमा भगवानको मुर्ती फेला परेपछि स्थानियको भिड लागेको थियो । तस्विरमा पनि स्थानियको भिड देख्न सकिन्छ । नाली खनेको स्थानवाट मुर्ती निकालेर मेयर धवलले तस्बिर लिएका छन् । मुर्ती फेला परेको स्थानमा स्थानियले पुजा गरेको पनि तस्बिरमा देख्न सकिन्छ ।

स्थानिय स्तरको विकासका काममा मेयर धवलले प्रत्यक्ष सहभागीता देखाउने गरेका छन् । केही दिन अघि उपमहानगरपालिकामा वोटविरुवा संरक्षणका लागि राखिएको ट्रि गार्ड उठाउँदै गरेको तस्विर सार्वजनिक भएको थियो । हावा हुरीले ढलाएका ट्रि गार्ड मेयर धवलले आफै उठाउँदै हिडेका थिए । नेपालगञ्जमा सौन्दर्यकरण र हरियालीका लागि फोरलेन सडकको बीचभागमा फुलका विरुवा र रुखका संरसंणका लागि ट्रि गार्ड लगाइएको हुन् ।

नगरका ति फूल विरुवा समेत चोरी हुन थालेको भन्दै मेयर धवलले चिन्ता ब्यक्त गरेका छन् । फूल संरक्षणका लागि लगाइएका ट्रि–गार्ड समेत ठाउँठाउँबाट चोरी भएको नगर प्रमुख डा। धवलशम्शेर राणाले बताएका छन् । नगरको सौन्दर्यकरणका लागि लगाइएका फुल तथा ट्रिगार्ड चोरी गर्ने र जथाभावी फुलहरु टिप्नेको पहिचान गरि कारवाहीका लागि नगर प्रहरी र अन्य सुरक्षा निकायमार्फत निगरानी बढाइएको छ उनले बताए । तर नगरपालिकाले मात्र निगरानी राख्न सम्भव नहुने भएकाले नगरवासीले पनि साथ दिनुपर्ने उनले बताएका छन् ।

नगर प्रमुख राणाले सडकको बीचभागमा रोपिएका फुल तथा ट्रिगार्ड चोरी गर्ने र बिक्रि वितरण गर्ने तथा फुलहरु जथाभावी टिप्नेहरुको बारेमा कुनैपनि सूचना भएमा उप–महानगरपालिका तथा सुरक्षा निकायमा खबर गरि सहयोग गरिदिनुहुन अनुरोध गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले नगरलाई सौन्दर्यकरणका लागि प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख राणाले आम नगरबासीबाट साथ र सहयोगको अपेक्षा गरिएको बताएक छन् । उपमहानगरपालिकाले नगरको सौन्दर्यकरणका लागि नगरभित्र रोपिएका फुल तथा विरुवाको संरक्षणका लागि आम नगरबासीमा अपिल गरेको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *