सियोना श्रेष्ठलाई बचाउन शिशिर भण्डारीले लाखौं सहयोग जम्मा गरेर बुझाए, सियोना पक्कै बाँच्नेछिन् (भिडियो हेर्नुस)

१३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि नेपाली सेलिब्रेटीहरुले पनि आफ्नो तर्फबाट सकेको आर्थिक सहयोग गरिरहेका छन् । विश्वमा छरिएर रहेका नेपालिहरुले दिल खोलेर आर्थिक सहयोग गरिरहेको अवस्थामा मोडल, सन्चारकर्मी तथा समाजसेवी शिशिर भन्डारीले पनि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

सियोना बचाउका लागि उनले अभियान चलाएका थिए । सो अभियानबाट संकलन भएको १० लाख ५६ हजार ४५० रुपैया हस्तान्तरण गरेका हुन् । सो रकम उनले नया नया न्युज नेपालको स्टुडियोबाटै सियोनाको मामा भिम राज तामाङलाई हस्तान्तरण गरेका हुन् । उनले सो रकम सियोनाको सहयोगको लागि खोलिएको बैक अफ काठमाण्डुको खातामा जम्मा गरिसकिएको पनि जानकारी गराएका छन् ।

यस्तै यसअघि पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले पनि सियोनाको जीवन रक्षाको कामना गर्दै आर्थिक रकम सहयोग गरिसकेकि छन् । उनले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार सहयोग गरेकि थिइन् । सियोनाको उपचारका लागि २५ करोड रुपैयाँ आवश्यक पर्छ । जसमध्ये १५ करोड ३१ लाख भन्दा बढी रकम संकलन भैसकेको सियोनाको बुवा सन्दिप श्रेष्ठले हामिलाई बताए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published.