जसो गर्दा पनि पेट बढेर दिक्क हुनुहुन्छ ? त्यसो हो भने अपनाउनुस् यी घरेलु उपाय !

काठमाडौँ, शरीर मोटो हुनु भद्दा देखिनु पेट मात्र बढेर अगाडी निस्कनु पेटको रोग जतिकै हुन्छ । त्यसकारण तपाईहरु यस्तो समस्याबाट पिडित हुनुहुन्छ , दैनिक व्यायाम गर्दा गर्दा हैरान हुनुहुन्छ भने आज हामी बढ्दो पेट घटाउने सजिलो घरेलु उपायहरु बताउन गइरहेका छौँ ।

१. यदि तपाईमा पेटको समस्या छैन भने तपाईले हरेक दिन बिहान उठ्ने बित्तिकै मनतातो पानीमा कागती मिसाएर पिउने गर्नुहोस् जसले पेटमा भएको बोसो काट्नुको साथै तौल घटाउन समेत मद्दत गर्छ ।

२. बिहान उठ्ने बित्तिकै खाली पेटमा काँचो लसुन खाने गर्नुस् जसले पेटमा भएका विभिन्न समस्याहरुबाट बचाउनेछ । काँचो लसुन खाएर तातोपानीमा कागती मिसाएर खानुस जसले पेटमा रहेको बोसो काट्छ । रक्तसञ्चारको मात्रा दोब्बर बढ्नुको साथै मोटोपनलाई दोब्बर घटाउनेछ ।

३.तपाईले खाने खानामा दालचिनी, मरिच, लसुनको प्रयोग गर्नाले पेट घट्ने सम्भावना बढी हुन्छ । यसो गर्नाले शरिरमा हुने इन्सिुलिनको मात्र बढाउँछ र चिनीको मात्रा कम गर्छ ।

४.तपाईले परिश्रमको आधारमा खाना खाने गर्नु राम्रो हुनेछ । धेरै काम गर्नुहुन्छ भने खानामा त्यतिकै मात्रामा खानु जरुरी हुनेछ ।

५.उमेरअनुसार खानाको मात्रा मिलाएर खाने गर्नुहोला यदि तपाई ४० वर्ष पार गरिसक्नु भएको छ भने चिकित्सकको सल्लाह बमोजिम खानेकुरा खादा उत्तम हुनेछ ।

६.बिहान खाना खाँदा मटोपन बढ्छ भन्ने हुँदैन् तर तपाईले बिहानको खानामा सागसब्जी, फलफूल स्वास्थ्यको लागि निकै फाइदाजनक हुनेछ । यसरी खानेकुरा खाँदा पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।

७. दिउँसोको खाजामा बदाम भुटेको मकै फलफूल खानु राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ। बदामले लामो समयसम्म पेट भरिएको अनुभूति हुने गर्छ । यसमा क्यालोरिको मात्रा बढी भएपनि पेट बढ्न दिँदैन् ।

८. पेटको बोसो कम गर्नको लागि धेरै पानी पिउनु पर्नेहुन्छ । पेट घटाउनको लागि मिठाइबाट टाढा रहनुपर्नेछ । अत्याधिक मिठाइ खाने गर्नाले बासोको मात्रा बढ्ने गर्छ ।

९.नियमित शरिरलाई चाहिने मात्रामा पानी पिउनाले शरिरमा रहेको विषालु पदार्थ बाहिर निस्कन्छ र शरिर स्वस्थ रहन्छ ।

१०. नियमित व्यायाम गर्नु आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *