तपाईलाई थाहा छ? पृ’थ्वीका सबै मानिसलाई, मा’कुराले एक व’र्षमै खाइदिन स’क्छ !

विश्वका सबै ठाउँमा पाइने जीवमध्ये माकुरा एक हो । हाम्रो वरिपरि जताततै माकुरा हुन्छन् । केही ठूला प्रजातीका हुन्छन्, केही साना । प्रजातीअनुसार माकुराले खानो आहार फरक हुन्छ । तर माकुराको भोक भने अनौठो हुने गर्छ । केही ठूला प्रजातिका माकुराले छेपारो, चरा र सानातिना स्तनधारी जनावर पनि खाने गरेको पाइन्छ । माकुराको भोकको यस्तै प्रकृतिलाई देखेर दुई युरोपेली बायोलोजिस्टले हालै एक अनुसन्धान गरेका छन्, पृथ्वीमा भएका सारा माकुराले एक वर्षमा खाने खानाको तौल कति होला ?

मार्टिन नेफ्लर र क्लाउस बर्कहोफरले गरेको अनुसन्धान ‘साइन्स अफ नेचर’ नामक जर्नलमा प्रकाशित भएको छ । जसअनुसार पृथ्वीका सारा माकुराले एक वर्षमा ४० देखि ८० करोड टन शिकार गर्न सक्छन् । यसको अर्थ पृथ्वीमा माकुराले सारा मानिसले जति नै मासु खान सक्छन् । विश्वका सात अर्ब मानिसले वार्षिक ४० करोड टन माछा र मासु उपभोग गर्ने जनाइएको छ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *