छाती फुलाएर भाषण गरेर मात्र जोखिममा काम गर्ने सामाजिक अभियान्ता हरूको सम्मान हुँदैन: सपना रोका

बीबीसीकोे बिश्वका एक सय प्रभावशाली महिलाको स्थान प्राप्त गर्न सफल किशोरी सपना रोका मगरले नेपालका राज्य सत्ता संचालकहरुमा चिसो भुंई र भोको पेटको अनुभव नभएको आरोप लगाएकी छिन्। राज्यमा बसेका ब्यक्तिहरु कहिले पनि सडकमा एक रात नबिताएको र भोक के हो भन्ने थाहा नभएको आरोप लगाउंदै उनले भोक केहो र पिडा के हो भन्ने थाहा पाउन एक रात सडकमा रात बिताउन र भोकै बस्न राजनीतिक व्यक्तिहरुलाई आग्रह गरिन्।

राज्यले नेपालमा बेवारिसे शव छैन बेवारिसे मान्छे सडकमा छैन भनेको बेला बेवारिसे शव जलाउने मान्छेलाई बीबीसीले छनौट गर्दा राज्यको लाज भयो, उनले भनिन्।कोरोना कहरका बेला रातदिन खटेका सामाजिक अभियन्ताहरुलाई समेत राज्यले चिन्न नसकेको बताउंदै रोकाले भनिन “छाती फुलाएर भाषण गरेर मात्र जोखिममा काम गर्नेहरुको सम्मान नहुने स्पष्ट पारिन्।

उनले भनिन्, “जुन दिन राज्य संचालनमा रहेका व्यक्तिहरु खुल्ला आकाश मुनी सडकमा भोकै बस्नु हुनेछ, त्यस दिन मात्र उहाँहरुले भोक र गरिबीको पिडा बुझ्नुहुनेछ। सामाजिक काम गर्न कुनै स्थान वा पद नचाहिने बताउंदै सपनाले जहाँ बसेपनि सामाजिक काम गर्न सक्ने बताईन्। उनले बीबीसीले आफुलाई प्रभावशाली महिलाका रुपमा छनौट गरेपनि आफुले बेवारिसे शव ब्यवस्थापन गर्ने काम नछाडेको जानकारी दिंदै बुटवल आउने क्रममा समेत चितवनको एउटा शव ब्यवस्थापन गरेर बुटवल आईपुगेको रोकाले स्मरण गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *