झण्डै ४ वर्षपछि घर फर्कदा न श्रीमती न छोरी साथमा १० लाख पनि चैट, यसरी भक्कानिंदै रोए शोभराम (भिडियो हेर्नुस)

दांग – श्रीमान विदेश भएको बेला श्रीमतीले १० लाख रुपैया बोकेर घरबाट निस्किदिईन् । यो दांग देउखुरीको घटना हो । देउखुरीको गढवागाउँपालिकाका शोभाराम काम गर्नकोलागी कतार भएको बेला उनकी श्रीमतीले शोभाराम घर फर्कनु पुर्व नै घर छाडेर गई सकेकी थिईन् । श्रीमतीले घर छाडेर गएको कुरा घरमा आएर थाहा पाएका शोभाराम निकै नै भावुक बने ।

शोभाराम झण्डै ४ वर्ष कतारमा काम गरेर फर्किंदा घरमा श्रीमती नभएको कुरा थाहा पाएपछि उनी रोएपनि । शोभारामले आफु विदेश जादाँ आफ्नी श्रीमती विमलालाई घरपरिवार र ससुरालीलाई राम्ररी हेरिदिनु भनेर सबैको जिम्मा लगाएर गएका थिए । परिवारको साथमा छाडेर जादाँपनि श्रीमतीले सबैलाई लत्याएर गईन् । छोरी बेपत्ता भएको खबर सुनेकी शोभारामकी सासु भन्छिन्,‘छोरी जाहाँ छ घर सम्झिएर फर्कियोस् ।

किन यस्तो गरी मलाई पनि थाहा भएन । दशैंमा माईत आएकी थिई । त्यसपछि अहिले यस्तो खबर सुन्न परेको छ ।’ कसैले बेपत्ता पारेकी या मारेकी या त कसैसंग भागिन् कि भन्ने जिज्ञासामा विमलाकी आमा भन्छिन्,‘मलाई केही थाहा छैन ।

म केही भन्ने सक्दिन तर एउटा कुरा चाही हो ऊ कसंैसंग पोईल भने गएकी छ जस्तो लाग्दैन ।’ शोभाराम भन्छन्,‘मैले ५५ डिग्रीको ताता रापमा काम गरेको पैसा त लगिन् लगिन् साथमा छोरी पनि लगेर गईन् । यो कुरा सुनेर कस्को मन भक्कानिंदै र ? तर पनि केही छैन तिमी जाहाँ छौ एक पटक मात्र भएपनि सम्पर्कमा आईदेऊ ।

तिमी मेरो सम्पर्कमा नआएको हुनाले मैले आज मिडियालाई गुहार मागेको हुँ । मलाई पैसाको भन्दापनि छोरी र तिम्रो माया लगेको छ ।’ शोभाराम र विमलाले बिहे गरेको ७ वर्ष भएको रहेछ । यो सात वर्षको सम्बन्धलाई एक्कासी तोडेर श्रीमती हिंडेपछि शोभाराम निकै नै दुःखी भएका छन् । उनले छोरी सम्म भेट्न पाएका छैनन् । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *