कोदोको खिर बनाउँदै सन्तोष साह बीबीसी ‘मास्टर सेफ’ को टप ४ मा पुग्न सफल

एजेन्सी, १ पुष । बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष शाह ‘टप ४’ मा पुग्न सफल भएका छन् ।‘बीबीसी वान’ मा जजहरुलाई नेपाली परिकार कोदोको खिर बनाएर उनी शीर्ष ४ मा सहित अन्तिम चरणमा पुगेका हुन्। बुधबार युकेको समयमा रातिको ९ बजे, उनी अन्य पाँच प्रतिस्पर्धी सेफहरुसँग यो वर्षको हिट बीबीसी टीभी सिरिज प्रोफेसनल मास्टरसेफ युकेको फाइनलका लागि भिडेका थिए ।अन्य ६ जनाबाट २ जनालाई पछि पार्दै शीर्ष ४ मा परेका हुन ।  उनले यस पटक कोदोको खिर चखाएका थिए।

 धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी रहेको सो प्रतिस्पर्धी उनले चुनौतीको रुपमा लिएको बताए ।लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् ।सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा सन्तोषले खरायोको मासु , डिजर्टको रुपमा कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित तर (लोप भएको) आँपको ‘अमौरा’ बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *