चार करोड ४२ लाखमा चागुँनारायणमा विश्वकै अग्लो त्रिशुल र गोरखनाथ मन्दिर निर्माण हुने

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना भएको छ। महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरे।

उनले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताए। उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको भनाइ राखेका थिए । त्रिशुलडाँडामा कूल चार करोड ४२ लाख ११ हजार ९१३ रूपैयाँको लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ।

करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखेको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुल डाँडा परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिला न्याश गरेका हुन् । रासस

यो पनि पढ्नुहोस:

काठमाडौं, नेपाल बैंकले ८.३६ प्रतिशत ब्याजदरमा घर र गाडी किन्नका लागि न्यूनतम ऋण उपलब्ध गराउने भएको छ। बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदर सार्वजनिक गर्दै यो व्यबस्था गरेको हो। यस्तै मंगलबार सार्वजनिक नयाँ ब्याजदरमा बैंकले यूनतम ७.८६ प्रतिशतमै शैक्षिक कर्जा दिने उल्लेख छ।

बैंकको असोजमा बेसरेट ६.८१ प्रतिशत छ भने स्प्रेड रेट ४.३७ प्रतिशत छ । बैंकले विभिन्न २५ प्रकारका बचत खातामा न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ भने मुद्दति निक्षेपमातर्फ ५.५० प्रतिशतदेखि ७ प्रतिशत ब्याज दिनेछ ।

यो पनि पढ्नुहोस:

आज मंगलबार सुनको मुल्य घटेको छ । मंसिर २५ देखि निरन्तर ४ दिन एउटै मुल्य कायम भएको सुनको मु’ल्य हिजो सामान्य गि’रावट आएको थियो भने आज पनि अघिल्लो दिनको तु’लनामा सामान्य गि’रावट आएको छ । नेपाल सुनचाँदी व्य’वसायी म’हासङ्घका अनुसार आज बजारमा छा’पावाल सुन तो’लाको ९२ हजार ३ सय र ते’जावी सुन तोलाको ९१ हजार ८५० मा का’रोबार भैरेहेको छ ।

सुनको मुल्य घ’टेपनि चाँ’दीको मुल्य के’हीदिनदेखि स्थिर छ । आज चाँ’दीको मुल्य तोलाको १२ सय मा का’रोबार भैरहेको छ । मंसिर २५ देखिनै चाँदी यही मु’ल्यमा का’रोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *