५ वटै ग्रह एकैसाथ भएपछि भोली पवित्र ‍औंसीको याेग बन्दै

लामाे समयपछि मंसिर २९ गते साेमबारे औंसीकाे संयाेगमा पञ्चग्रही याेग निर्माण भएकाे छ ।

बृश्चिक राशिमा सूर्य,बुध,चन्द्रमा,शुक्र तथा केतु ग्रह सहित ५ ओटा ग्रहकाे दुर्लभ याेग निर्माण भएकाे छ ।

मंसिर कृष्ण पक्षकाे साेमबार अमावास्य तिथिमा परेकाे पवित्र याेगका कारणले नेपाल लगायत सम्पूर्ण दक्षिणी देशहरुमा सकारात्मक प्रभाव पर्नुका साथै यसले विश्वमा नै नयाँ परिवर्तनको याेग रहने उल्लेख गरिएको छ ।

साेमबार र औशी तिथि एकैसाथ परेकाे अवस्थामामात्रै यस्ताे पवित्र याेगकाे निर्माण हुने गर्दछ । अन्य साेमबारे औंसी भन्दा अहिलेकाे औंसी विशेषगरी ५ ओटा ग्रहहरुकाे याेगमा निर्माण भएकाले पनि यसलाई विशेष रुपमा हेरिएको छ ।

पितृहरुका लागि यस्ताे समय अति उत्तम रहने शास्त्रमा उल्लेख गरिएको छ बिहानै नबाेलेर स्नान गर्नुपर्ने शास्त्रीय नियम रहेकाे छ ।

यस्ताे समयमा गरिने दान,तर्पण तथा तीर्थमा गएर गरिने माैन स्नानले हजारौं गुणा शुभ फल मिल्ने जानकार हरु बताउँछन् ।

यस्ताे पवित्र याेगका कारणले कयौं नकारात्मक विषयहरूलाई सकारात्मक रुपमा परिणत गर्नसक्ने शक्ति रहने शास्त्रमा उल्लेख गरिएको छ ।

गतवर्ष २०७६ पुस १० गते परेकाे ‍‍औंसी तिथिमा पनि यस्तै पञ्च ग्रहकाे याेग निर्माण औंसीमा नै भएकाे थियाे जसकाे कारणबाट सम्पूर्ण विश्वमा नै नकारात्मक तरङ्गका कारणले अहिलेसम्म पनि विश्वभरका मानिसहरुले दुख भाेग्नु परेको बताइन्छ ।

साेमबार पर्नगएकाे यस्ताे पबित्र याेगका कारणले समस्त विश्वभरि नै नयाँ परिवर्तन हुने अनुमान लगाईएकाे छ । केही बर्षयता ग्रहहरुकाे याेग बिग्रिरहेकाे खगाेल विद्हरु बताउँछन् ।

लेखक रिजाल ज्याेतिष तथा वास्तु विद्हुन उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।
सम्पर्क नम्बर : ९८५१०६११२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *