फिल्मका यि निर्देशकले जब शाहरुख खानलाई आफ्नो श्रीमतीसंग एक रात बिताउन आग्रह गरे

एजेन्सी । बलिउडमा ९० को दशकमा बे’ड सिन निकै बो’ल्ड मानिन्थ्यो । अभिनेताहरु त्यस्तो सिनका लागि हच्किन्थे । तर फिल्ममा त्यस्ता दृष्य आवश्यक हुन्थ्यो । यस्तै सिनका कारण बलिउड स्टार शाहरुख खानले प्रहरीकहाँ पुग्नु परेको थियो । कुरा १९९३ को फिल्म ‘माया मेमसाहब’ हो । जसमा शाहरुखले फिल्म निर्देशककी श्रीमतीसँग एक प्रेम दृश्य बनाउनुपरेको थियो ।

तर त्यो कुरा एउटा समाचारमा छापियो । यस फिल्मको दृश्यको बारेमा म्यागजिनका सम्पादकले सबै कुरा खुलाएर लेखिदिए ।– फिल्मका निर्देशक केतन मेहताले शाहरुखलाई एक रा’त आफ्नी श्रीमतीसँग बस्न आग्रह गरेका थिए । उनीहरूले एक अर्कालाई चिनुन् र प्रेम दृश्य राम्रोसंग दिन सकुन् भन्ने निर्देशकको चाहना थियो । त्यसैले शाहरुखलाई यस्तो आग्रह गरेका थिए । यो कुरा समेत समाचारमा खुलाइएको पाएपछि उनी निकै रिसाए ।

निर्देशक र कलाकारबीच भएको यस्तो गोप्य कुरा समाचारमा सार्वजनिक भएपछि शाहरुख खान निकै रिसाए । उनले पत्रिकाको कार्यालयमा गएर हंगामा गरे । सम्पादकले उनीलाई शान्त हुन र लेखलाई मजाकको रूपमा लिनलाई बारम्बार आग्रह गरे । तर शाहरुख मानेनन् । सम्पादकले शाहरुख विरुद्ध प्रहरीमा उजुरी दिए । यसपछि दोस्रो दिन प्रहरीहरु आए ।

शाहरुखले ती प्रहरीहरू उनका प्रशंसकहरू भएको सम्झिए । उनीहरूसँग भेट्न चाहन्छन् र उनीसँग जाने निम्तो दिइरहेका छन्। तर पछि उनले पत्रिकाको सम्पादकको उजुरीमा उनलाई पक्राउ गर्न आएको बुझे।

एक कार्यक्रममा शाहरुखले भने, ‘त्यस समयमा प्रहरीले मलाई पक्रियो र हिरासतको एउटा कोठामा राख्यो। मैले त्यहि पहिलो पटक प्रहरी हिरासत देखे जुन एकदम सानो ठाउँमा बनाइएको थियो र धेरै फोहर थियो। त्यहाँ मल र मूत्रका थुप्रा थिए । ‘ शाहरुखले एक दिन प्रहरी हिरासतमा बिताउनुपर्‍यो र बेल पनि पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *