हेटौँडाबाट जाँदै गरेको ट्रकले पर्खाल भत्काउँदै घरमा ठोक्किदा, सडकमा मागी हिँड्ने तीन जनाको मृत्यु

हेटौँडा – हेटौँडाबाट सिमेन्ट बोकेर जाँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रकले ब्रेक फेल भई शुक्रबार साँझ कलङ्कीमा दुर्घटना हुँदा तीन जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल, रञ्जितकुमार चौधरी र ओखलढुङ्गाका शङ्कर परियार रहेका छन् ।

घर भई सडकमा मागी हिँड्ने परियारको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा पौडेलको शव फेला परेको र चौधरीको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

ब्रेक फेल भएको दुर्घटना भएको ट्रकले अन्य स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी, गाडी सहित ६ सवारी साधनलाई ठक्कर दिएको थियो। ट्रक अनियन्त्रित भई कलङ्कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो ।

उक्त घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ । प्रहरीका अनुसार ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान छ । उक्त ट्रकले अन्य स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । घरभित्रसमेत क्षति पु¥याएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *