दुखीलाई सहयोग गर्न आफ्नो सबै सम्पत्ती धितो राखेर १० करोड ऋण लिँदै सोनु सुद

काठमाडौं । कोरोनाको जोखिमका कारण सबै पेशा ब्यवसाय ठप्प भएका बेलामा केही कलाकारहरुले भने यसलाई सामाजिक काम गरेर अवसरका रुपमा लिए । कोरोनाकालमा सबैभन्दा बढी सामाजिक काम गर्ने मध्य पर्छन बलिउडका चर्चित अभिनेता सोनु सुद । उनले कोरोनाको जोखिमका कारण भारतले लगाएको लकडाउनसंगै विपन्नहरुलाई सहयोग गर्ने काम सुरु गरे ।

उनको यस्तो अभियानले अहिले उनी रिल हिरोवाट रियल हिरो भएका छन् । भारतमा अहिले सानो देखि ठूलो समस्या पर्दा विपन्नले सोनुलाई सम्झन्छन् । उनले धेरैको ज्यान बचाउका छन् भने अप्ठेरोमा परेकाहरुलाई पनि सहयोग गरेका छन् । उनले गरेको सहयोगवाट हजारौंले लाभ लिएका छन् ।

दैनिक जीविकोपार्जनमा अप्ठ्यारो परेकालाई सहयोग गरेका उनको अहिले बलिउडका कलाकार र फ्यानहरुले तारिफ गरिरहेका छन् । लकडाउनमा पुर्‍याएको योगदानले उनी यूनाइटेड नेशज डेभलपमेन्ट प्रोग्राम (यूएनडिपी) अवार्डबाट सम्मानित पनि भइसकेका छन् ।

उनले लकडाउनको समयमा हजारौं मानिसलाई खानेकुरा, लत्ताकपडा अन्य अत्वायश्यक वस्तु उपलब्ध गराए । लकडाउनका कारण बिच वाटोमा अलपत्र परेकाहरुलाई आफ्नै खर्चमा घर सम्म पुग्ने ब्यवस्था गरे । कसैका लागि बसको ब्यवस्था गरे भने कसैलाई प्लेनमा समेत उडाए । उनको यस्तो कामले फ्यानहरु समेत बढेका छन् ।

भारतिय मिडियाका अनुसार आफ्नो सामाजिक कामलाई तीव्रता दिन उनले अब आफ्नो सम्पत्ति धितो राखेर १० करोड भारु ऋण लिन लागेको बताइएको छ। आफ्नो दुईवटा व्यवसाय र ६ वटा फ्लाट धितो राखेर ऋण लिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *