आमाले बाबाको पि’टाई देखि मानसिक या’तना पाएको सम्झेर अन्जु पन्तको छोरी परितोशिकाको आशु थामिएन (भिडियो हेर्नुहोस्)

काठमाडौं। नेपाली सांगीतिक दुनियामा गायिका अन्जु पन्तको नाम पनि निक्कै अग्रणी छ । उनको सुमधुर स्वरले सुसज्जित हजारौ गितहरु सार्बजनिक भैसकेका छन।

तर गायिका पन्त सांगीतिक यात्रामा जति सफल छिन त्यत्ति कै बैबाहिक जीवनमा असफल भइन । पति मनोज राजसंगको जीवन निक्कै कठिन भएको उनले स्वीकार्दै आएकी छन । केहि वर्ष पहिले नै सम्बन्ध बिच्छेद गरेकी अन्जु पन्त अहिले आफ्नो छोरी परितोशिकासंग बस्दै आएकी छन।

अन्जुले अहिले आफ्नो छोरी परितोशिकालाई पनि मोडल बनाएकी छन। पन्तकै स्वरमा रहेको ‘धेरै माया नदेऊ मलाई’ बोलको गितको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ भने उनको साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ । छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेको अन्जुले बताईन् । गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको उनले बताईन्।

कुराकानीमा अन्जु र परितोषिका स्नेह देख्न सकिन्छ । कुराकानीमा अन्जुले छोरीमाथी निकै ठुलो भरोषा राखेकी छन् भने केहि रहस्यहरु पनि खोलेकी छन् । कुराकानीकै क्रममा एक्कासी माहोल भावुक बन्यो । छोरीले विगतलाई सम्झिँदा अञ्जु भक्कानिएर रोइन् । आमा रोएपछि परितोषिकाका आँशु पनि थामिएनन् । हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *