बिश्वकै बलियो मान्छे बन्न दैनिक ८ कुखुराको खान्की, अण्डा, दूध र अर्थोक पनि

मान्छेका रुचि अनेक छन् । सबै आफ्ना रुचि पूरा गर्न लागि परेका छन् । एक् ब्यक्ति भेटिएका छन् उनको रुचि छ, सन्सारको सबैभन्दा बलियोे मान्छे बन्ने । उनको रुचि पूरा गर्न अपनाइएको तरीका झन गजब छ ।

यो समाचार अफ्रिकी मुलुकको हो । त्यहाँ बुर्किना फासो भन्ने देश छ । त्यस देशका अहमद हसन सनोयू विश्वकै बलियो व्यक्ति बन्ने कसरतमा जुटेका छन् ।

आइरन बीबी नामले चर्चित बडिबिल्डर अहमद सन् २०२० अप्रिल ६ मा आयोजना हुने ‘वल्र्ड लग लिफ्ट च्यालेन्ज’मा भाग लिने योजनामा थिए । कोरोनाले यो प्रतियोगिता नहुने भएपछि उनले यो उपाधीका लागि २०२१ सम्म कुर्नु पर्नेछ ।

त्यहाँ उनले २ सय ५० किलो हातले उठाउनु पर्नेछ । सन् २०१९ अप्रिलमा अहमद वल्र्ड लग लिफ्ट च्यालेन्जमा विजेता बनेका थिए ।

१८७ केजीका उनले यतिबेला त्यसबेला भन्दाबढी वजन उठाउन लागेका हुन् । उनले आफ्नो डाइटमा दिनमा ८ वटा कुखुरा खाने गरेको बताएका छन् ।

८ कुखुराका साथै अण्डा लगायत शरीरमा शक्ति प्रदान गर्ने खानेकुरा उनी खान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *