अभिनेता सौगात मल्लको आज जन्मदिन, कति बर्षमा लागे ?

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सौगात मल्लको आज जन्मदिन परेको छ । नेपाली विकिपिडिया अनुसार आजबाट उनी ४३ बर्षमा लागेका छन् ।

नेपाली चलचित्र कागबेनीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका सौगात मल्ल हाकु काले नामले पनि चिनिने गर्छन् । उनी चलचित्र लुट बाट चर्चामा आएका थिए ।

हालसम्म धेरै नै चलचित्रमा अभिनय गरिसकेका उनी नेपाली चलचित्र क्षेत्रकै सफल अभिनेता हुन् । आज उनले आफ्नो जन्मदिन घरमै परिवारसँग मनोदैछन् ।

फिल्म सडक २ को सुटिङ जुलाई महिनाबाट सुरु हुने
फिल्म सडक २ को सुटिङ जुलाई महिनाबाट सुरु हुने भएको छ । महेश भटको यस फिल्मका गीतहरुको सुटिङमात्र बाँकी रहेको छ । कोरोना महामारीका कारण यस फिल्मको सुटिङ रोकिएको थियो ।

भारतमा गरिएको लकडाउन खुकुलो भएसँगै फिल्मकर्मीहरु पुनः फिल्म निर्माणमा जुटेका छन् । फिल्म सडक दुईमा संजय दत्त, पुजा भटको भुमिका रहेको छ । यस फिल्मको बाँकी सुटिङ मुम्बईमा गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *