मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिक,वैज्ञानिक यस्तो छ कारण

काठमाडौं, हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घन्टी बजाइन्छ । घन्टीको आवाज त प्रत्येक मन्दिको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ । मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ ।

देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ । मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् ।

घन्टीबाट निसकने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मन्दिरमा लगातार घन्टी बजाउँदा निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् । घन्टीको आवाजले नकारात्मक ऊर्जाको असर बेकामे बनाइदिन्छ असन सकारात्मक वातावरण निर्माण गरिदिन्छ ।

घन्टीको आवाजले एकाग्रता बढाउँछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ, धार्मिक विचार जन्मिन्छ र बुद्धि विकास हुन्छ । नियमित रूपमा आरती गर्दा र लगातार घन्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् ।

यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ । पुराणहरूमा बताइए अनुसार, मन्दिरमा घन्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घन्टीको ध्वनि हो ।

यो पनि पढ्नुहोस:

सप्तरी, सप्तरीमा दुई प’क्षबीच भएको ‘झ’डपमा एकजना महिलाको ज्या’न गएको छ भने अन्य चार जना घा’इते भएका छन् । जिल्लाको बो’दे बर्साइन न’गरपालिका-३ कसमार टोलमा सा’र्वजनिक पोखरीमा मा’छा मा’र्ने वि’षयमा दुई ‘प’क्षबीच झ’डप भएको प्र’हरीले जनाएको छ ।

झ’डपमा परी रा’मपृत म’ण्डलकी ३५ बर्षीया श्री’मति गं’गीयादेवीको मृ’त्यु भएको प्र’हरी प्र’वक्ता भु’वनेश्वर सा’हले जानकारी दिए । उनका अनुसार ला’ठी, बाँसको भा’टाले प्र’हार गर्दा म’हिलाको घ’टनास्थलमै मृ’त्यु भएको हो । झ’डपमा चार जना घा’इते भएका छन् ।

५५ वर्षीय ज’यनारायण मण्डल, ३५ वर्षीय सो’बिन्द्र मण्डल, १८ वर्षीय धि’रज मण्डल र ४५ वर्षीय जो’गिन्द्र म’ण्डलको टा’उकोमा चो’ट लागी घा’इते भएको प्र’हरीले ज’नाएको छ । उ’नीहरुको सि’राहाको लहानमा उपचार भइरहेको छ ।

घ’टनामा सं’लग्न रहेका अर्काे प’क्षका ५० वर्षीय शि’वसरन म’ण्डल, ४७ वर्षीय बि’जय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रवित मण्डललाई नि’यन्त्रणमा लिइ इलाका प्र’हरी का’र्यालय क’डरबोना रा’खिएको छ । घ’टनामा सं’लग्न अन्य व्य’क्तिहरुको बारे थप बु’झने तथा खो’जतलास का’र्य भइरहेको प्र’हरी प्र’वक्ता साहले बताए ।

यो पनि पढ्नुहोस:

काठमाडौँ,चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना २ क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो । मृत्यु हुनेमा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३ वर्षका सिन्धुली घर भएका मनिष कार्की र २४ बर्षका ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालकको पहचिान खुल्न सकेको छैन । सडकबाट ट्रक र मृतकहरुको शव देखिएको छैन । घटनास्थल पुगेका एक प्रहरीले भीरमा कोही पनि जान सक्ने अवस्था रहेको हुँदा डोरी मगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको बताएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।

यो पनि पढ्नुहोस:

काठमाडौं,सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले घटेर काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेकाे छ । यस्तै चाँदीको मूल्य भने आज पनि स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.