तपाईंले कहिल्यै आफ्नो पेट सफा गर्नुभएको छ ? घरमै गर्न सकिन्छ पेटभित्रको सफाइ !

हामीले खाएका कतिपय अस्वस्थकर खानाबारे आफैँलाई पत्तो नहुन सक्छ । जसले गर्दा हामी बिरामी पर्न जान्छौँ । अस्वस्थकर खानाले मुख्यतः पेटमा असर गर्छ ।समस्या यो छ कि सबै प्रकारका रोगको सुरुवात नै पेटमा हुन्छ ।

खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर खानुपर्छ । यसो गर्दा पेटमा ग्यास बन्न रोकिन्छ ।एक पोटी लसुन र किसमिस नियमित चपाउँदा पनि पेट सफा हुन्छ । लसुन र किसमिसले पेटमा रहेका विकार हावालाई बाहिर निकाल्ने काम गर्छ ।

अदुवाको सानो टुक्रामा नुन छर्किएर खाँदा पनि पेटलाई फाइदा पु-याउँछ । दिनमा दुई वा तीनपटक अदुवा र नुन प्रयोग गर्दा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्नुका साथै समयमा भोक लाग्ने पनि हुन्छ ।पेटलाई स्वस्थ राख्नका लागि दैनिक दुई ग्राम ज्वानो र आधा ग्राम नुन चपाएर खान पनि सकिन्छ । यसले पेटको दुखाइबाट बचाउनुका साथै ग्यासको समस्यालाई पनि दूर गर्छ ।

यो पनि :तातो चियाले ९० प्रतिशत बढाउँछ क्यान्सर हुने सम्भावना,चियाका पारखीहरुलाई यो समाचार नराम्रो लाग्न सक्छ, कतिले त यसलाई पत्याउन पनि गाह्रो मान्लान् । तर, पछिल्लो समय गरिएको एक अध्ययनले अध्ययनले चियाका पारखीहरु सचेत हुनु पर्ने एउटा निष्कर्ष निकालेको छ ।

त्यो हो– जो तातो चिया पिउँछन्, उनीहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशतले बढी हुन्छ । झन् जो मानिसहरु ७५ डिग्री सेल्सियस तापक्रमको चिया पिउँछन्, उनीहरुमा यस्तो सम्भावना दुई गुणा बढी हुन्छ ।

अमेरिकाको क्यान्सर सोसाइटीले गरेको अनुसन्धानअनुसार कपमा चिया राखेको चार मिनेटपछि मात्र पिउने हो भने पनि खाद्यनलीको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।

यो अध्ययनका लागि ५० हजार मानिसहरु सामेल गरिएको थियो । उनीहरुको उमेर ४० देखि ७५ वर्षसम्मको थियो । यसमा के पाइयो भने जो दैनिक तातो चिया पिउँथे, उनीहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशत बढी भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *