सन्सारकै दुर्लभ दुई मुखे माछा भेटियो, यस्तो छ रहस्य (भिडियो हेर्नुहोस्)

हामीले दुई मुखे स र्पको बारेमा सुनेका छौं । कतिले त देखेको पनि छौं । तर यहाँ एक माछाको चर्चा गरिदंँछ जसको दुई वटा मुख छ । यस्तो माछाबारे यस अघि चर्चा नभएकाले थाहा नहुन सक्छ । धेरैलाई आश्चर्यमा पार्ने यस्तो माछा अमेरिकामा भेटिएको हो ।

न्यू योर्कस्थित समुन्द्रमा दुईमुखे माछा फेला परेको थियो । डेबी गेडेस नाम गरेकी महिलाले उक्त ठाउँमा घुम्न जाने क्रममा माछा फेला पारेकी थिइन् । उनलाई माछा अनौठो लागेको कारण भिडियो खिचेकी थिइन् ।

दुई मुखे माछालाई तालको ट्राउट भनिन्छ । उनी चडेको ढुङ्गामा अचानक त्यो माछा आइपुग्दा उनी निकै अचम्म परेकी थिइन् । यस्तो प्रकारको माछा पनि छ भन्ने कुरा उनीलाई नदेखेसम्म विश्वास नै भएको थिएन । माछा निकै स्वस्थ र अचम्म लाग्दो थियो ।

उनले माछासँग खिचेको तस्विर भाइरल भएको छ । तस्विर हेर्नेहरु सबै माछालाई देखेर चकित भएका छन् । केही जीव वैज्ञानिकहरुले उक्त माछामा आनुवंशिक जन्म दो ष भएको कारण दुई मुख भएको अनुमान गरेका छन् ।

अमेरिकामा पाइने लच नेस दा न व पनि केहि यस्तै प्रकारको हुने जनाइएको छ । समुन्द्रमा अझै यस्ता धेरै जीवहरु पाइन्छ जसको खोजी जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *