होसियार ! सुनका गहना लगाउनु हुन्छ भने, एकपटक अवस्य पढ्नुहोस –

रसुवा, । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको ह’त्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्या’न गु’माउन परेपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको हो । ** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

यो पनि पढ्नुहोस्

यि चिनिया जासुस महिलाले अमेरिकाको गोप्य सूचना चीन पुर्याउन सांसद र नेताहरुसँग रात बिताएको रहस्य खुल्यो

काठमाडौँ । चीनका तर्फबाट अमेरिकामा जासुसी गर्ने एक महिलाका बारेमा अमेरिकाले ठूलो रहस्यको पर्दाफास गर्न सफल भएको छ । एक्ससोस डटकमका अनुसार चीनकी एक महिला करीब पाँच वर्षसम्म अमेरिकामा रहेर थुप्रै नेताहरुसँग रिलेसनसिपमा रहेको रहस्य बाहिर आएको छ ।

उक्त अवधीमा ति चिनिया महिलाले २ अमेरिकी नेताहरुसँग रात समेत बिताएको एस्सोस डटकमले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । डेलिमेलमा प्रकाशित रिर्पोटका अनुसार फांग फांग या क्रिस्टीन फांग नाम की महिला चीनका तर्फबाट जासुसी गर्दै आएको अमेरिकाले धेरैपछि मात्रै रहस्य पत्ता लगाएको बताइएको छ ।

ति महिलाले आँफुले रात बिताएका पुरुषहरुलाई चुनावको समयमा पैसा जुटाउन समेत मद्धत गर्दै आएको देखिएको छ । फांगले अमेरिकी संसदका सबैभन्दा कम उमेरका सांसदसँग संम्बन्ध कायम राख्न खोजेको समेत रहस्य पत्ता लागेको छ ।

यो पनि पढ्नुहोस्
आँचल शर्माले राखिन् म्यानेजर, को हुन् सुन्दरी आँचलको सबै कामको जिम्मेवारी संहाल्ने भाग्यमानी रु

काठमाडौं । लोकप्रिय नायिका आँचल शर्माले म्यानेजर नियुक्त गरेकी छिन् । पछिल्लो समय उनको ब्यस्तता बढेसँगै आँचलले सामाजिक सञ्जाल चलाउन, निर्मातारनिर्देशकसँग फिल्मको विषयमा कुराकानी गर्न, पारिश्रमिक मिलाउन, समय व्यवस्थापन लगायतका कामका लागि उनीहरुले म्यानेजर नियुक्ति गरेकी हुन् । वैबाहिक बन्धनमा बाँधिएसँगै घरबारमा ब्यस्त भएर कैयौँ नायिकाहरुले चलचित्र क्षेत्रबाट पलायन हुने गरेका नजिरहरुका बिचमा आँचलले भने विबहपछि झनै जम्ने संकेत गरेकी छिन् ।

बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि म्यानेजरले गर्ने काम समेत आफैंले सम्हाल्दै आएकी अभिनेत्री आँचल शर्माले आफ्नो सहयोगका लागि म्यानेजर राखेसँगै आफ्नो काममा सहज हुने आँचलले बताएकी छिन् । अहिले आँचललाई अफर हुने फिल्मदेखि म्यूजिक भिडियोमा आउने सबै अफर र एडको काममा समेत तिनै म्यानेजरले कुराकानी र समय मिलाउने गरेको आँचलले बताइन् । आफैं पनि फिल्म निर्माण गर्न लागेकी आँचलकी म्यानेजर महिला भए पनि उनको परिचय भने खुलाइएको छैन ।

यो पनि पढ्नुहोस्

प्रेमीसँग अमेरिकामा लामो समयदेखि रोमान्स गरिरहेकी वर्षा शिवाकोटीले विबाहबारे मुख खोलीन्

काठमाडौं । नायिका वर्षा सिवाकोटीले २ वर्षभित्र बिहे गर्ने बताएकी छन् । विगत १ वर्षदेखि सविनजंग थापासँग प्रेममा रहेकी वर्षाले २ वर्षभित्र बिहे गर्ने योजना रहेको बताएकी हुन् ।

सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएपछि कुराकानी गर्दै आएका उनीहरुको प्रेम त्यसपछि झांगिदै गएको हो । सविन अमेरिकामा नै रहदै आएका छन् ।

अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए ।

वर्षाले बिहे पछि पनि नेपाली चलचित्रबाट टाढा नरहने बताएकी छन् । सविन आफ्नो कलाकारिता यात्राबाट खुशी रहेको वर्षा बताउछिन् । वर्षा भन्छिन सविनले मलाइ सधै काम गर्न हौसला र प्रेरणा दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *