अमृत र प्रमिता चितवन काण्डः सुत्केरीलाई पनि छाडेन प्रहरीले, लग्यो श्रीमान र एक महिने छोरीसंगै प्रहरी खोरमा (भिडियोसहित)

चितवन । पछिल्ला समय धनगढीका अमृत सेवा र विराटनगरकी प्रतिमा अधिकारीको केस सबैलाई थाहा भएकै कुरा हो । ४ महिने ग र्भवती श्रीमतीलाई चितवनै अलपत्र पारेर गायब भएका भनिएका धनगढीका अमृत सेवा श्रीमतीले मिडियाको गुहार लगाएपछि भने सम्पर्कमा आएका थिए ।उनी सम्पर्कमा आएपछि उनी र उनकी श्रीमती प्रतिमालाई मिलाउनकोलागी मिडियाले पनि धेरै नै भूमिका निर्वाह गर्यो ।

सोशल मिडियामा सबैले गर्भवती बनाएर श्रीमतीलाई अलपत्रै पार्ने भनेर अमृतलाई कतिले गाली पनि गरे भने कतिले अब श्रीमतीसंग मिलेर गरि खानु भनेर आशिर्षबाद पनि दिए । सबै कुरा ठीक हुँदै गईरहेको थियो ।

अचानक जेठी श्रीमती पोईल गई भनेर प्रतिमालाई बिहे गरेका अमृती जेठी श्रीमतीले फोन गरेर आफुले अझैं पनि अमृतकै श्रीमती भएको बताउँदै फोन गरेपछि घटनाले अर्कै रुप लिएको छ । अमृतले आफुलाई हातपात गर्ने गरेको र छोरीलाई पनि बेवास्ता गरेको हुनाले आफु माईतीको शरणमा भातरमा रहेका दाईहरुसंग बस्दै आएको उनले बताएकी छन् ।

अमृतकी जेठी श्रीमतीले श्रीमान र प्रतिमाको घ टना युट्यूवमा देखेपछि आफु अहिले धनगढी आएर बसेको पनि बताएकी छन् । उनैबाट थाहा भएको छ कि अमृतले तीन वटी श्रीमतीकी श्रीमान भएका रहेछन् भन्ने कुरा । यति मात्रै नभई अमृतले सबैलाई झुटो बोलेर झुक्याएका रहेछन् भन्ने कुरा पनि खुलेको छ ।विगत जे जस्तो भएपनि वर्तमान प्रतिमा र प्रतिमाले जन्माएको छोरी हो भन्दै घर हिंड्नै लागेका उनै अमृतलाई आज प्रहरीले गिरफ्तार गरेको छ । त्यो पनि सुत्केरी श्रीमतीसंगै । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *