प्लेनमा जन्मिएका बच्चाहरूले कुन देशको नागरिकता पाउँछन् ?

काठमाडाैँ । प्लेनमा बच्चा जन्मियो भने उक्त बच्चाले कुन देशको नागरिकता पाउला त ? यो हामी सबैको दिमागमा घुमिरहेको प्रश्न हुनसक्छ । तर, कतिपयले भने थाहा पाइसकेको हुन सक्छ ।

विशेषतः यस्तो अवस्था आइपर्ने सम्भावनालाई मध्यनजर गर्दै विभिन्न देशले छुट्टाछुट्टै नियमहरू बनाएका हुन्छन् । उदाहरणका लागि हाम्रै छिमेकी देश भारतमा कुनै पनि गर्भवती महिलाले ७ महिनाको गर्भावस्थामा प्लेनमा यात्रा गर्न नपाउने व्यवस्था छ । तर, आपत्कालिन अवस्थामा उनीहरूले प्लेनमा यात्रा गर्न पाउनेछन् ।

सामान्यतया प्लेनमा जन्मिएका बच्चाहरूले बच्चा जन्मिँदा प्लेन कुन देशको सिमानामाथि उडेको छ सोही देशको नागरिकता पाउने नियम छ । कतिपय अवस्थामा प्लेनमा जन्मिने बच्चाहरूले उडेको देश र ल्याण्ड हुने देशकै नागरिकता पाउने व्यवस्था पनि छ ।

यदी प्लेनमा नै बच्चाको जन्म भएको अवस्था उक्त बच्चाका आमाबुवाहरूलाई पनि कुन देशको नागरिक बनाउने भन्ने अधिकार दिइएको हुन्छ ।

यस्ता घटना एकदमै कम हुन्छन् । पछिल्लो समय २०२० को सेप्टेम्बरमा युकेबाट इजिप्ट गइरहेको प्लेनमा एक जना बच्चाको जन्म भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *