ढल्किदो उमेरमा पनि करिश्माको लोभलाग्दो सुन्दरता [फोटो-फिचर]

सदावहार नायिका करिश्मा मानन्धरले महामारीको अवस्थामा आफैसँग व्यस्त हुनु राम्रो भएको बताएकी छिन् । विश्वभर कोरोनाले आक्रान्त भएको अवस्थामा नेपाल र भारतबीचमा सीमा विवा’द चलिरहेकोे छ ।

देशमा अहिले भइरहेका विषयहरुलाई लक्षित गर्दै करिश्माले आफैसँग व्यस्त हुनु ठिक हो भन्दै टिप्पणी गरेकी छिन् । सीमा विवादमा कलाकारहरु एकाएक विवादमा तानिरहेका समयमा करिश्माले भने यसबाट पन्छदै फेसबुकमा लेखेकी छिन्, ‘अहिलेको अवस्थामा आफैसँग ब्यस्त हुनु अझै राम्रो ।

यस्तो स्टाटस लेख्दै करिश्माले नयाँ लुक्सका तस्बिर पनि शेयर गरेकी छिन । ढल्किदो उमेरमा पनि फिट करिश्मा उक्त तस्बिरमा निकै सुन्दर देखिएकी छन् । पहेलो र सुन्तला रङको ड्रेसमा सजिएकी उनलाइ फ्यानहरूले निकै प्रशंसा गरेर प्रतिक्रिया दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *