मृत्युअघि सुशान्तले घरका स्टाफलाई तलब दिँदै भनेका थिए यस्तो मार्मिक कुरा

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको बिषय अहिले चर्चामा छ। अभिनेता सिंह यहि जुन १४ मा मुम्बईको बान्द्रास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन।

सुशान्तको निधनका लागि बलिउडको नातावाद जिम्मेवार रहेको भन्ने बहस समेत अहिले चर्चा छ। उनको मृत्युको कारण भन्दै अभिनेता सलमान खान लगायतका कलाकार विरुद्ध प्रहरीमा उजुरी समेत परेको छ। सुशान्तको मृत्यु हुँदा कुनै ‘सु साइड नोट’ समेत फेला नपरेकाले घटना रहस्यमय बनेको हो।

१६ बर्षको उमेरमै आमा गुमाएका सुशान्त परिवार देखि टाढा थिए। उनको परिवार पटनामा थियो भने उनी आफैले मुम्बईमा किनेको घरमा एक्लै बस्दै आएका थिए।

सुशान्तले घरमा काम गर्न स्टाफहरु राखेका थिए। उनको मृत्युको खबरपनि स्टाफलेनै प्रहरीलाई जानकारी दिएपछि बाहिरिएको थियो। सुशान्तले मृत्युको ३ दिन अघि घरका सबै स्टाफलाई बोलाएर तलब दिएको खुलेको छ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले प्रहरीको स्रोतलाई उदृत गर्दै सुशान्तले मृत्युको ३ दिन अघि सबैलाई स्यालरी दिएको जनाएको छ। स्यालरी दिँदै सुशान्तले भनेका थिए ‘राख्नुस् सायद अब स्यालरी दिन पाउनेछैन्।’

सुशान्तको मृत्यु उनकी पूर्व म्यानेजर दिशा सलियनले घरको १४ औं तलबाट हाम फालेर आ त्मह त्या गरेको १ हप्तापछि भएको थियो। एक वेव सीरिज लागि लागी सुशान्त पूर्व म्यानेजरसँग सम्पर्कमा रहेको कुरा पनि बाहिरिएको छ।

करण जोहर, संजय लीला भन्साली, दिनेश विजानलगायत धेरै कलाकारका कारण कामबाट लखेटिएकाले पनि विचलित भएका सुशांतले यस्तो कदम चालेको भन्ने चर्चा समेत हुने गरेको छ। ती कलाकार विरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *