श्रीमान् परदेशमा : श्रीमती पौरख गर्दै घरदेशमा !

लमजुङ – परिश्रम गर्ने हाे भने परदेशकाे भन्दा स्वदेशमै राम्राे कमाइ गर्न सकिन्छ भन्ने उदाहरण अचेल गाउँघरतिर धेरै भेटिन थालेका छन् । तिनै उदाहरणमध्येकी एक हुन् लमजुङ सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी सिर्जना कमली कार्की ।

श्रीमान् राजु कार्की लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । परदेशमा श्रीमानको काम र कमाइ दुवै राम्रै छ । तर श्रीमानको मात्र कमाइको भर गर्नुहुँदैन । समय त्यसै खेर फाल्नु हुँदैन । आफूले पनि सकेको श्रम–पसिना बगाएर केही उद्यम गर्नुपर्छ भन्ने सोचेर सिर्जनाले चिती बान्द्रेमा व्यावसायिक कुखुरापालन र तरकारी खेती सुरु गर्नुभएको छ ।

श्रीमानको सल्लाहमै कृषि कर्म
‘त्यसै समय खेर फाल्नुभन्दा केही पौरख गरौँ भनेरै कुखुरापालन गरेको हुँ,’ सिर्जनाले भन्नुभयो, ‘एउटाको मात्र कमाइको भर गर्नु हुँदैन । सबैले सकेको उद्यम गर्नुपर्छ । त्यसैले श्रीमानकै सल्लाह र हौसलामा कृषि कर्ममा लागेको हुँ ।’

लमजुङको बेसीशहर नगरपालिका–११, चिती बान्द्रेमा उहाँले चार रोपनी जग्गामा व्यावसायिक रुपमा लेयर्स कुखुरा पाल्नुभएको हो ।

‘नेचरनेष्ट कृषि तथा पोल्ट्री फर्म’ दर्ता गरी उहाँले २०७६ साल वैशाखदेखि २ हजार कुखुराबाट लेयर्स कुखुरापालन सुरु गर्नुभएको हो । कुखुरापालनबाट राम्रै आम्दानी भएसँगै उहाँले यस व्यवसायलाई थप विस्तार गर्दै लैजानुभएको छ ।

अण्डा बिक्रीबाटै मासिक ५ लाख आम्दानी
अहिले उहाँको फर्ममा ४ वटा कुखुराको खोर बनाइएको छ । फर्ममा ९ हजार लेयर्स कुखुरा पालिएका छन् । अहिले दैनिक ६ हजार कुखुराले उत्पादन दिइरहेका छन् । फर्मबाट दैनिक २५ प्याक अण्डा उत्पादन हुँदै आएको छ । उहाँका अनुसार प्रति प्याकमा २ सय १० वटा अण्डा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *