बिद्युतका हाकीम चन्द्र आले घुस लिदालिदै रंगेहात समातिए

काठमाडौँ । नेपाल बिद्ययुत प्राधिकरण तनहुँका हाकिम घुस लिँदै गर्दा समातिएका छन् । नेपाल बिद्ययुत प्राधिकरण तनहुँ आवु खैरीनी शाखाका हाकिम चन्द्र आलेलाई कार्यालयबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

आले ५ हजार नगद घुसहित रंगेहात समातिएसँगै उनले आफ्नो बचाउ गर्दै केटाहरुका लागि उक्त रकम बाँड्नुपर्ने बताएका छन् । नेपाल बिद्ययुत प्राधिकरणमा ३ वर्षदेखि कार्यरत आलेलाई हिरासतमा राखेर अख्तियारले थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *