धुमधामले गरिएको विबाहपछि कोरोना गाउँभरी फैलियो, बेहुलाको मृत्यु, बेहुली सहित १ दर्जन बढी संक्रमित

काठमाडौं। कोरोना महामारी फैलिइरहेका नेपाल र भारतमा हिजोआज मानिसहरुले कोरोना केही होइन भन्दै हिँड्न थालेका छन् । कोराना महामारीकै समयमा धुमधामले सैयौँ जन्तीहरुकामाझमा विबाह हुन थालेको छ । जसका कारण

स.क्रमणको जोखिम बढीरहेको छ । यसैबिच बिहे गरेको केही दिनमै बेहुलाको मृत्यु भएको परिवारमा बेहुलीसहित १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतको उत्तर प्रदेशको फिरोजाबादका बेहुलाको ४ डिसेम्बरमा कोरोना संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको हो । यी दुईको १० दिन पहिले बिहे भएको समाचार एजेन्सी पीटीआइले जनाएको छ ।

विबाहकै समयमा पनि बेहुलालाई ज्वरो र सास फेर्न समस्या भइरहेको थियो तर कोरोना परीक्षण नगराई जबरजस्ती परिवारले विबाह गराइदिएका कारण यस्तो समस्या निम्तिएको बताइएको छ । बेहुलाको मृत्यु भएपछि शंका लागेर पूरै

परिवारको कोरोना परीक्षण गराउँदा संक्रमण धेरैमा देखिएको मुख्य चिकित्सा अधिकारी डा। नीता कुलश्रेष्ठले बताइन् । परिवारमा ठूलो संख्यामा संक्रमित भेटिएपछि गाउँलेहरुको परीक्षणको लागि शिविर नै खडा गरेर अहिले उपचार सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *