घरधनी भण्डारीले गरिन एक महिनाको भाडा छुट

हरि कुँवर – नेपाल कम्युनिष्ट पाटी (नेकपा ) सन्धिखर्क नगरकमीटी सदस्य तथा प्रचारप्रसार विभाग उपप्रमुख एवम् समाजसेवि कमला भण्डारीले चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गरिकी छिन् । कोरोना भाईरस (कोभिड–१९) बाट सबै अस्तव्यस्त भएकाे बेला सन्धिखर्क नगरपालिका मा रहेको घरको चैत्र महिनाको घर भाडा नलिने भण्डारीले घोषणा गरिकी हुन ।

एउटा सटर , आठ वटा कोठा रहेको घरको चैत महीनाको बिस हजार छुट गरेको भण्डारी बताउछिन् । भाडा छुटले भान्सामा धेरै राहत भएको भाडामा बस्दै आएका ड्राइभले बताए । “कोरोनाले सबै क्षेत्र अस्तव्यस्त भएको यस्तो अवस्थामा मानवताको निम्तिपनि मैले घर भाडा नलिने घोषणा गरेकि हु” भण्डारीले भनिन् ।

कल्याणी सेवा नेपाल ,अर्घाखाँचीकि सह -सचिव समेत रहि सामाजिक कार्य गर्दै आइ रहेकी कमला भण्डारीले सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण र रोकथामका लागि। सरकारले गरेको लकडाउनकाे समयमा भाडामा बस्नेहरुलाइ केही राहत होस भनेर एक महिनाको भाडा छुट गर्ने घोषणा गरेको बताउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *