पाइलट, एयरहोस्टेस र क्रु सदस्यलाई डाइपर लगाउन निर्देशन !

काठमाडौं। चीनको उड्डयन नियामक निकायले आफ्नो देशका एयरलाइन्सका पाइलट, एयरहोस्टेस र अन्य क्रु सदस्यलाई डाइपर लगाउन भनेको छ । चीनको उड्डयन नियामक निकाय सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना (सीएएसी) ले कोरोनाभाइरसको उच्च जोखिम भएका क्षेत्रमा शौचालयको प्रयोग नगर्न भनेको छ । सीएएसीले एयरलाइन्सका लागि जारी गरेको ३८ पेजको दिशानिर्देशमा डाइपर लगाउने सल्लाह पनि समावेश भएको ब्लुमबर्गको रिपोर्टमा जनाइएको छ ।

सीएएसीले यी सुझाव ती चार्टर्ड उडानको लागि लागू हुने भनेको छ जुन उडान १० लाखको जनसंख्यामा ५ सय जनाभन्दा धेरै संक्रमित भएका देशमा जानेछन् । डाइपर लगाउने सल्लाह पीपीइको सुझावमा समावेश गरिएको छ । उडानका लागि अन्य दिशानिर्देश पनि जारी गरिएका छन्। यसका क्लिन एरिया, बफर जोन, प्यासेन्जर सिटिङ एरिया र क्वारेन्टाइन एरियालाई डिस्पोजेबल पर्दाले छुट्याउन भनिएको छ । पछिल्ला तीन पंक्ति आकस्मिक क्वारेन्टाइनको लागि प्रयोग हुने भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *