पैसा कमाउन चाहनुहुन्छ ? लगाउनुस् घरमा चुम्बकले जसरी पैसा तान्ने क्रासुला मनी ट्री

काठमाडौँ। हरेक मानिसको भाग्यमा कुनै कुनै माध्यमबाट धन सम्पत्ति कमाउने योग बनिरहेको हुन्छ ।योगको आधारमा मानिसले मेहनत गर्छन् र मेहनत अनुसार कसैलाई राम्रो र सजिलो हुन्छ भने कसैलाई कष्ट हुन्छ।सजिलो र गाह्रो भनेको मनिसको आफ्नो पूर्व जन्मको कर्म पनि हो भनेर गितामा उल्लेख गरिएको छ ।

पैसाका लागि मानिसले धेरै तरिकाबाट काम गरेर कमाउने गर्नेछन् ।थोरै मानिसले मात्रै जान्ने क्रासुला, तिव्बतियन वास्तु शास्त्रमा मनी ट्री भनेर पनि चिनिएको ।वास्तु शास्त्रका अनुसार यसको महत्त्व फेंगशुमा अत्याधिक महत्व दिएकाले पश्चिमी देशहरुमा यसको माग अत्याधिक रहेको छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

यसको प्रयोगबाट घर, अफिस, व्यापार व्यवसाय गर्ने स्थानमा राख्दा चुम्बक जसरी पैसा तान्ने उनीहरुको विश्वास रहेको छ ।धन वृद्धिका लागि यो बिरुवा निक्कै उपयोगी रहने बताइन्छ ।नेपालमा यसको प्रयोग खासै भएको देखिँदैन । मनिप्लानटाका रुपमा लहरे बिरुवा रोप्न्ने प्रचलन पनि रहेको छ ।

क्रासुला मनी ट्री
पानी बिना पनि लामो समयसम्म बाँचिरहने उक्त बोट हरियो गाडा कलरको हुने हुँदा यसले राखेको स्थानमा नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा सजिलोसँग बदल्ने काम गरिरहेमो हुन्छ ।

यसलाई घर या आफू बसोवास गर्ने स्थानको दायाँ बायाँ लगाउने शास्त्रीय मान्यता छ ।तिब्बतीयनहरुले आफू कसैको घरमा गएको अवस्थामा उक्त घरमा लगाएको रहेछ भने नथापाउने गरि आफ्नो घरमा लगेर लगाएमा शुभ रहने उनीहरुको विश्वास रहेको छ ।प्रकृतिमा भएका हरेक बास्तुहरुसँग आफ्नो आफ्नो गुण हुन्छ, मनीप्रान्टले चुम्बकीय तरिकाले घरमा पैसा भित्र्याउन सहयोग गर्ने कुरा वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

घर, अफिस कार्यालय, व्यवसायिक भवनहरुमा यसको प्रयोगले सकारात्मक ऊर्जाको विकाश गर्दछ । मन, मस्तिष्कमा यस्ता खाले बोट हरुले सकारात्मक तरङ्ग पैदा गर्छ ।आफ्नो तत्वअनुसार यस्ता चिजहरु घरमा राख्न सके शुभ हुन्छ

लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन

सम्पर्क ९८५१०६११२४

इमेल : rijal.suresh123(AT)gmail.com
,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *