स्वस्तिमा र प्रकाशको जुहारी- ‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ’

सञ्चारकर्मी प्रकाश सुवेदी विवादमा छाइरहन्छन् । पछिल्लो पटक भने यसमा नायिका स्वस्तिमा खड्का तानिएकी छिन् ।

रजतपत कार्यक्रमको पछिल्लो श्रृङ्खलामा प्रस्तोताले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिएका छन् ।

उनले भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो । ’

प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमाले श्रीमान् निश्चल बस्नेतलाई बोकेको छोटो भिडियोसमेत राखिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यसको प्रतिक्रिया स्वरूप स्वस्तिमाले आफ्नो आधिकारिक फेसबुकमा उनले बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ । रजतपत’

उनले थपेकी छिन्, ‘फोन नउठाएर सारै रिसाउनु भाको रैछ । सरी ल !!!’ यस्तै स्वस्तिमाका श्रीमान् निश्चल बस्नेतले पनि यसबारे फेसबुकमा स्टेटस लेखेका छन् ।

उनी भन्छन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त !’

रजतपट कार्यक्रममा प्रस्तोताले नेपाली चलचित्रका अभिनेत्रीहरुलाई लक्षित गर्दै विवादित टिप्पणी गर्ने गरेका छन् । यसअघि अभिनेत्री पूजा शर्माको शारीरिक स्वरुपबारे उनले विवादित बयानले निकै चर्चा पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *