शिशुको शव स्थानीयले ढुंगाले छोपेका अवस्थामा फेला

आमा भन्ने बित्तिकै मान्छेको मनमा एक आदर भाव आउँछ । आमाको सन्दर्भमा हजारौं साहित्यहरु सन्सारभरी नै श्रृजना भएका छन् । आमाको महिमा अपरम्पार रहेको हामी बारम्बार पढ्ने र सुन्ने गर्छौ । तर, सोचें झै जिन्दगी रैनछ भने झैं सबै जन्मेका शिशुहरुले यस्तो मातृ बात्सल्य पाउँदैनन् ।

बैतडिमा यस्तै एक घटना भएको छ । त्यहाँ एक आमाले शिशुलाई जन्म दिइन्, ज्यान लिइन् र ढुंगाले छोपेर हिडेकी छिन् । यो घटना जिल्लाको डिलाशैनी गाउँपालिका ६ सेटिगाउँमा बुधबार भएको पाइएको हो । शिशुको शव स्थानीयले ढुंगाले छोपेका अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

त्यसपछि घटनाबारे खबर आएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।‘शव भेटिएपछि परीक्षण गरेर बिहिबार व्यवस्थापन गरिएको छ । त्यसबारे अनुसन्धान गरिरहेका छौ’ उनले भने ।
घटना कसले गर्यो भनेर अनुसन्धान भै रहेको प्रहरीले बताएको छ । प्रहरीको अनुमान पनि अनिश्छित गर्भ रहेकाले यस्तो गरिएको हुनसक्ने रहेको पाइएको छ ।

यो पनि पढ्नुहोस:

काठमाडौं, सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तिएको छ । बुधबार प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ९२ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ५० तोकेको छ । यस्तै चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भएको छ ।

यो पनि पढ्नुहोस:

काठमाडौं, वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । सनातन संस्कृति समाज नेपालले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका थिए । पृथ्वी नारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो ।

२० मंसिरमा राष्ट्रिय नागरिक आन्दोलन समितिले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो । यहीस्थानमा १५ मंसिरमा ‘राष्ट्रिय शक्ति नेपाल’ ले पृथ्वीनारायण शाहको तस्वीर राखेर राजतन्त्रको पक्षमा जुलुस निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *