सडकमा हिडिरहेकी महिला माथिबाट गुज्रियो ट्रक, त्यसपछि जे भयो सबै चकित परे ! [भिडियो सहित]

एजेन्सी – भारत तमिलनाडु स्थित एक सडकमा हिडिरहेकी महिलालाई एक्कासी ट्रकले ठक्कर दियो। ठक्करका कारण महिला सडकमै ढलिन र ट्रक उनी माथिबाटै गुज्रियो। तर, ट्रक केहि पर पुगे लगतै आश्चर्यजनक रुपमा ती महिला उठिन्।भारतीय संचार माध्यमहरुका अनुसार भिडियो तमिलनाडु स्थित तिरुचेंगोडेको हो। डिसेम्बर २ को दिन घटेको उक्त घटना सडकमा रहेको सिसिटिभी क्यामरामा कैद भएको थियो। जसको फुटेज समेत सार्वजनिक भएको छ। अहिले उक्त भिडियो सामाजिक संजाल तथा भारतीय मिडियामा भाइरल छ।

बताइएअनुसार ती महिला तिरुचेंगोडेको बसस्टप तर्फ गइरहेकी थिइन्। सडकमा केहि अल्मलिएकी उनलाई ट्रक ड्राइभरले देखेनन्। जसकारण उनलाई ठक्कर दिएर त्यहाँबाट गुज्रिन पुगे।

ट्रकले ठक्कर दिएकी ती महिलालाई केहि पनि नभएको भारतीय संचार माध्यमहरुको दावी छ। उनीहरुका अनुसार दुर्घटनामा महिलालाई एक पनि चोट लागेको थिएन।ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले पक्राउ गरिसकेको बताइएको छ भने उनी विरुद्ध एफआईआर दर्ता समेत भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *