होटलमा मंगेतरसंग बसेकी चर्चित नायीका चित्राको निधन, १२ घण्टा पहिला इन्स्टामा यतिराम्रो तस्बिर राखेकी थिइन्

एजेन्सी । प्रसिद्ध तमिल अभिनेत्री वीजे चित्राको निधनको खबरले अहिले बलिउडमा फेरी शोक छाएको छ । वीजे चित्र्रा २८ बर्षको मात्र थिइन् । उनी फिल्मको काममा ब्यस्त थिइन् । होटलको कोठामा उनी निधन भएको अवस्थामा फेला परेकी हुन् । उनले देह त्याग गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

चित्राले आफ्नो मृ त्यु भन्दा केही घण्टा पहिले सोशल मिडियामा सुन्दर तस्बिर सार्वजनिक गरेकी थिइन् ।भनिन्छ कि चित्रा राती साढे २ बजेसम्म फिल्मको काम गरेर होटल फर्केकी थिइन् । उनी आफ्नो मंगेतरसँग होटलमा बसेकी थिइन्। हालसालै उनी चेन्नईमा बस्ने व्यापारी हेमन्त रविसँग प्रेममा थिइन् ।

हेमन्तले आफ्नो बयानमा भनेको छ कि होटल आइसकेपछि चित्राले भनिन् कि उनी नुहाउन जाँदैछिन्, तर उनी लामो समयसम्म बाहिर आइनन्। ढोका ढकढक्याउँदा कुनै प्रतिक्रिया आएन । त्यसपछि होटेलका स्टाफलाई भने। यस पछि, जब नक्कली साँचोले ढोका खोलियो, भित्र चित्र झु ण्डि ए को अवस्थामा थिइन् ।

चित्राले उनको सोशल मिडिया खाता इन्स्टाग्राममा १२ घण्टा अघि सुन्दर तस्बिर साझा गरेकी थिइन् । तस्बिरमा पनि उनी धेरै खुसी देखिन्छिन् । उनले अरु साथीसंग फोनमा पनि राम्रैसंग कुरा गरिरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *