सियोना श्रेष्ठलाई बचाउनको लागि शिशिर भण्डारीको अभियानमा यति ठूलो सहयोग

स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लडिरहेकी १४ महिनाकी नानी सियोना श्रेष्ठलाई बचाउनको लागि कलाकार तथा समाज सेवी शिशिर भण्डारीले थालेको सहयोग सँकलन अभियान अन्तर्गत सियोनाको मामा भिमराज तामाङलाई १० लाख ५६ हजार ४ सय ५० हस्तान्तरण गरेका छन् ।

शिशिर भण्डारीले आफ्नो फेसबुकमा पोस्ट गर्दै जानकारी दिएका हुन्। देश तथा बिदेशबाट सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई सम्मान तथा धन्यवाद दिएका छन्।

हेर्नुहोस के लेखेका छन् फेसबुकमा शिशिर भण्डारीले
सबैले शेयर गरिदिनुहोला है

स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी १४ महिनाकी नानी सियोना श्रेष्ठलाई बचाउन, हामीले थालेको सहयोग सँकलन अभियान अन्तर्गत सियोनाको मामा Bhim Raj Tamang लाई १० लाख ५६ हजार ४ सय ५० हस्तान्तरण गरेका छौं । भिमराज भाईले हिजै सियोनाको बैंक अफ काठमाण्डुको खातामा पैसा राखिदिई सक्नु भएको छ ।

देश तथा बिदेशबाट सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई सम्मान र नमन । हाल पोल्याण्डमा नानीको उपचार भैरहेको छ र नानीको आमा बुवा पनि उतै हुनुहुन्छ । सियोनाको उपचारका लागि २५ करोड हाराहारी खर्च लाग्ने भनिएको छ भने हालसम्म यो रकम सहित १५ करोड २७ लाख माथि जम्मा भैसकेको उनको परिवारले बताएको छ । नानीको जीवन बचाउन सबैले आफुले सक्ने सहयोग गरौं, आर्थिक सहयोग गर्न नसक्ने सबैले शेयर गरेर सहयोग गरौं

सहयोगका लागि-
शिशिर भण्डारी (Shishir Bhandari) Mobile Number- 9811006929 ‘सियोना श्रेष्ठ (Siyona Shrestha) २०६५००००००३१५२४ बैंक अफ काठमाण्डु लिमिटेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *