खानेपानी मन्त्री बिना मगर विहीबार गृहनगर आउँदै –

कञ्चनपुर । नेपाल सरकार संघीय खानेपानी मन्त्री बिना मगर विहीबार (भोलि) गृहनगर कञ्चनपुर आउनुहुने भएको छ । निर्वाचन क्षेत्र नम्बर १ अन्र्तरगत बेलडाँडी गाँउपालिका नवनिर्मित प्रशासनिक भवन उद्घाटनका लागि मन्त्री मगर गृहनगर आउने कार्यक्रम तय गरिएको मन्त्रीका स्वकीय सचिव प्रकाश मगरले न्यूज२४ लाई जानकारी दिए ।स्वकीय सचिव मगरले बेलडाँडी गाँउपालिका भवन उद्घाटनका साथै स्थानीय नेता कार्यकर्ता, विभिन्न विकास निर्माणका कामको अनुगमन एवं जनतासंग छलफलका लागि पुनः गृहनगर आउने कार्यक्रम रहेको बताए ।

बेलडाँडी गाँउपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले यस निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित खानेपानी मन्त्रीबाटै भवन उद्घाटन गराउने कार्यक्रम रहेको बताए ।न्यूज२४ संगको टेलिफोन कुराकानीमा उनले भने ‘ यस क्षेत्रकी संघीय जनप्रतिनिधी एवम् खानेपानीमन्त्री बिना मगर ज्यूबाट भवन उद्घाटन गर्न खोजेका थियौँ, ‘केही समय व्यस्थताका कारण भएन, अब बिहीबार गरिरहेका छौँ ।’भवन उद्घाटनको तयारी पुरा भएको बताउदै गाँउप्रमुख थापाले उद्घाटन कार्यक्रम भव्य ऐतिहासिक बनाइने बताए । नेकपा केन्द्रीय सदस्य समेत रहेकी खानेपानीमन्त्री बिना मगरलाई सत्तारुढ दल नेकपाले समेत बेलडाँडीमा मन्त्रीको भव्य स्वागत गर्ने भएको छ ।

नेकपा बेलडाँडीका इन्चार्ज अक्कल बिष्टले आफ्नो निर्वाचन क्षेत्रकी मन्त्रीको पार्टीका तर्फबाट स्वागत एव छलफल गरिने निर्णय नै गरिएको बताए । यसअघि यही महिनाको दोस्रो साता गृहनगर आएकी खानेपानी मन्त्रीले लालझाडी र पुनर्वास नगरमा अस्पतालको शिलान्यास कार्यक्रममा समेत सरिक भएकी थिइन् ।मन्त्री मगरले नेकपा क्षेत्र नम्बर १ को बैठक, नेता कार्यकर्तासंग भेटघाट एव छलफल, निर्वाचन क्षेत्रका विभिन्न विकास निर्माणका योजनाको अनुगमन गरेकी थिइन् । पहिलो पटक निर्वाचन क्षेत्र नम्बर १ बाट महिला उम्मेदवार निर्वाचित भएसंगै यस क्षेत्रको विकास निर्माणले गति लिएको भन्दै स्थानीयले मन्त्री मगरको प्रशंसा समेत गरिरहेका छन् ।

भने खानेपानी मन्त्रीले चुनावमा जनतासंग गरेका बाचा अनुरुप काम गर्दै जाने समेत प्रतिबद्धता जाहेर गर्दै आएकी छिन् । बिहीबार पहिलो फ्लाइटमा धनगढी विमान स्थल अवतरण हुन लागेकी मन्त्री मगरलाई विमानस्थल बाटै भव्यस्वागत गर्नका निमित्त स्थानीय नेता कार्यकर्ताहरु उत्साहित देखिन्छन् ।न्युज २४ नेपालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *