आदित्यले श्रीमतीलाई किस गरेको तस्बिरमा नेहाले गरिन् यस्तो कमेन्ट, बलिउडमा चर्चा

एजेन्सी । केही दिन अघि सम्म गायक तथा टिभी होस्ट आदित्यनारायण र गायीका नेहा कक्कडबीचको विवाहको कुराले बलिउड र भारतीय मिडिया तातेको थियो । नेहा जज र आदित्य होस्ट भएको कार्यक्रममा उनीहरुबीच प्रेम रहेको र विवाहको निर्णयमा पुगिसकेको चर्चा चुलिएको थियो । तर नेहाले सरप्राइज दिँदै रोहनप्रितसंग विवाह गरिन् ।

नेहाको विवाह पछि आदित्यले पनि आफ्नो प्रेमिका सार्वजनिक गरे । १० वर्ष देखि प्रेममा रहेको भन्दै श्वेतालाई सार्वजनिक गरेका थिए । उनले हालै विवाह समेत गरिसकेका छन् ।

आदित्य र स्वेता अग्रवालले १ डिसेम्बरका दिन बिहेमा परिणत गरेका हुन्। यसपछि सामाजिक सञ्जालहरूमा आदित्य र स्वेताका कैयौं फोटोहरू भाइरल भए। तीमध्ये एउटा फोटो यस्तो छ, जसमा आदित्य आफ्नी पत्नी स्वेतालाई किस गरिरहेका छन्।

आदित्य आफैले उक्त फोटोलाई इन्स्टाग्राममा सेयर गरेका हुन्। फोटोको क्याप्सनमा आदित्य लेख्छन्, “म तिमीलाई खोज्ने छु र म तिमीसँग बिहे गर्ने छु।” फोटोमा स्वेतालाई लजाउँदै मुस्कुराइरहेको देख्न सकिन्छ। रमाइलो कुरा त के छ भने यो फोटोमा गायिका नेहा कक्करले प्रतिक्रिया जनाएकी छन्। नेहा लेख्छिन्, “निकै सुन्दर ! बधाइ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *