स्कूल बसवाट खसेर ६ कक्षामा पढ्ने विद्यार्थीको घटनास्थलमै मृत्यु

काठमाडौ । स्कूल बसवाट खसेर एक विद्यार्थीको निधन भएको छ । यो महोत्तरीमा भएको घटना हो । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ मा रहेको जानकी युगान्तर इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको निधन भएको हो । उनी सो विद्यालयमा कक्षा ६ मा अध्ययनरत्त विद्यार्थी १४ वर्षीय मोदसी सेकको बसवाट खसेर निधन भएको हो ।

बुधबार दिउँसो स्कुल विदा भएपछि बा ३ ख २३९७ नम्बरको स्कुल बसमा चढेर उनी घर गइरहेका थिए । ढोका निर उभिएका उनी चालकले ब्रेक लगाएको बेला गोठ बनौली पुल नजिकै बसवाट खसेका थिए । उनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ।

घटना पश्चात भाग्न खोजेका चालकलाई नियन्त्रणमा लिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ। तस्बिर नेपाल खबरवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *