नक्कली लाइसेन्स बेचेरै भक्तपुरमा साढे दुई तले घर, चढ्थे हुन्डाई आई-२० कार !

काठमाडौँ – नक्कली लाइसेन्स बिक्री वितरण गर्दै आएका वक व्यक्तिलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। नक्कली लाइसेन्स बनाएर बिक्रि गर्दै आएका एक व्यक्तिलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले भक्तपुरबाट मंगलबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपालचोक घर भई ठिमी बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन्।

पक्राउ परेका गिरी केहि वर्ष देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिक्री गर्ने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले यातायात कार्यलयका कर्मचारीहरूको मिलेमतोमा ट्रायल नै नदिई अनुमति पत्र बिक्री गर्ने गरेका थिए।

अनुसन्धानका क्रममा उनले उनले लाइसेन्सको ३० हजारदेखि सवा लाखसम्ममा बिक्री गर्ने गरेको खुलेको छ। सके सक्दो बढी रकम लिने र नसके बार्गेनिङ गरेर रकम लिने गरेको खुलेको प्रहरीले जनाएको छ।प क्राउ गरी अनुसन्धान गर्दा उनले एकै लाइसेन्स सवा लाखसम्म बेचेको खुलेको भक्तपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए। बुढाथोकीका अनुसार गिरी लगभग तीन वर्ष देखि लाइसेन्स बेच्ने काममा सक्रिय भएको पाइएको उनको भनाई छ।

१० वर्षअघि थिए सहचालक

प्रहरीका अनुसार पक्राउ परेका गिरी करिब १० वर्ष अगाडी सहचालक थिए। सहचालकको काम छाडेर उनले यातायात कार्यालयमा सानातिना कामहरू गर्न थालेका थिए। जसक्रममा उनले करिब तीन वर्ष अगाडी यातायात कार्यलयका कर्मचारीहरूको मिलेमतोमा लाइसेन्स बेच्ने काम शुरु गरेका थिए।

तीन वर्षको समयमा उनले कति नक्कली लाइसेन्स बिक्रि गरे भन्ने लेखा जोखा नै छैन। नक्कली लाइसेन्स बेचेरै उनले भक्तपुरको दुवाकोटमा साढे दुई तले घर बनाउँदै गरेको प्रहरीले जनाएको छ। उनी हुन्डाई कम्पनीको आई-२० बा १५ च ४६८४ नम्बरको कार सहित पक्राउ परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *