पेट तथा कम्मर मा बोसो लाग्नु का ५ कारण र घटाउने उपायहरु

काठमाडौँ, तपाईले सबै तौर तरिका तथा तालिम र सन्तुलित भोजनको प्रयोग पनि गर्दैहुनुहुन्छ तर पनि आफ्नो पेटमा जम्मा भएको बोसो घटाउन सकिरहनु भएको छैन । तपाईले पक्कै पनि केही गल्ति गरिरहेको हुनु पर्छ जसका कारण तपाई आफ्नो कम्मर र पेटमा जम्मा भएको अनावश्यक बोसो र मासु घटाउन सकिरहनु भएको छैन ।

तपाईहरुलाई पाँच महत्वपूर्ण कारणहरुका बारेमा जानकारी गराउँदैछाै जसको सहायताले तपाईको कम्मर तथा पेटमा जम्मा भएको अनावश्यक बोसो सजिलै घटाउन सहयोग पुर्याउनेछ ।

म्यागनेसियमको कमी:

मुटु, स्नायु र मांसपेशीहरुलाई सुचारु तथा तन्द्रुस्त राखी राख्न शरिरलाई म्यागनेसियमको आवश्यकता पर्छ । म्यागनेसियमले करिव ३०० इन्जाइमहरुलाई सक्रिय राख्न सहयोग गर्छ जसका कारण तपाईको शारिरीक प्रक्रिया नियमितरुपले संचालित हुन्छ ।

यो महत्वपूर्ण पोषकले तौल घटाउन र शरिरलाई चुस्त राखी राख्न समेत प्रभाव पार्छ । द जरनल अफ न्युट्रिशनमा प्रकाशित अनुसन्धानका अनुसार, म्याग्नेशियमको पर्याप्त सेवनले मोटोपनालाई निर्मुलपार्न सहयोग गर्छ । उदाहरणको लागि, महिला जसको शरिरमा प्रसश्त मात्रामा म्याग्नेसियम उपलब्ध हुन्छ उनीहरुले महिनावारी भएको अवस्थामा कम सुनिएको महसुस गर्छन् ।

तर म्याग्नेसियमाको मात्रा थोरै भएका महिलाहरुमा भने महिनाबारी भएको बेला जिउ सुनिने समस्या हुन्छ । सल्लाह- हरियो सागसब्जी, सिमी र ओखरमा प्रसस्त मात्रामा म्याग्नेसियम उपलब्ध हुन्छ ।

नुनिलो खाना:

नुनिलो खाना खाएपछि यदि तपाईले सुनिएको महशुस गर्नु भएको छभने, यो नुनिलो मात्राका कारण भएको हो भनि बुझ्न जरुरी छ । शरीरमा धेरै नुन भएको अवश्थामा छालामा रगतले पानी विस्थापन गराउँछ र त्यसका कारण शरीर सुनिने हुन्छ ।

९० प्रतिशत भन्दा धेरै जसो मानिसहरु ४ ग्राम भन्दा बढी नुन सेवन गर्छन् र जसका कारण उनीहरुको पेट तथा कम्मरको बोसोबाट छुटकारा पाउनुको साटो झनै पेटको आकार ठूलो हुँदै जान्छ । सल्लाह- खानामा धेरै नुन नखानुहोस् । यसको सट्टा आफ्नो खानामा अन्य मसलाहरुको प्रयोग गर्नुहोस् ।

कार्बोनेटेड पेय पदार्थको उपभोग:

कार्बोनेटेड सफ्ट ड्रिंक्सहरुमा क्यालोरीको मात्रा अत्यधिक हुन्छ र त्यसले तपाईको कम्मर तथा पेटलाई असर पुर्याउँछ । दिनमा दुई ग्लास सफ्ट ड्रिंक्स मात्र सेवन गर्नुभयो भने पनि यसले तपाईको पेटमा ५ गुना बढी बोसो जम्मा पार्ने काम गर्छ ।

सफ्ट ड्रिंक्समा धेरै चिनीको प्रयोग गरियो भने त्यसले खानाको तृस्ना जगाइ दिन्छ जसका कारण हामी आवश्यक भन्दा बढी खाना खान्छौं । र धेरै खाना एकै पटक सेवन गर्ने मानिसहरुको तौल बढ्दैजानु स्वभाविक हो । सल्लाह: कार्बोनेटेड सफ्ट ड्रिंक्सको सेवन नगर्नुहोस् ।

प्रशस्त मात्रामा नसुत्नु:

तपाई थकाईले चुर हुनु हुन्छ तर पनि आवश्यकता अनुसार सुत्नु हुन्न भने यस्तो अवस्थामा तपाईको पेटको बोसो कल्यिै पनि घट्न सक्दैन । द अमेरिकन जरनल अफ इपिडेमीयोलोजीमा प्रकाशित अनुसन्धानको रिपोर्ट अनुसार, महिलाहरु जो रातको पाँच घण्टा सुत्छन् उनीहरुको ओभरवेट अन्य महिलहरु जो बढी समय सम्म सुत्दछन् भन्दा ३२ प्रतिशतले बढी हुने संभावना हुन्छ । प्रसस्त मात्रामा नसुत्ने मानिसमा भोक धेरै लाग्ने हुन्छ किनकि निंद्राको अभावमा भोकको हरमोनको उत्पादन अध्यधिक मात्रामा हुने गर्छ ।

सल्लाह- आफ्नो भोकलाई अधिनमा राख्न वा नियमन गर्न र पेट वरिपरीकोे वजन र बोसोलाई बढन नदिन प्रत्येक रात ७-८ घण्टा सुत्नु आवश्यक छ । मस्तले निधाउनका लागि आफ्नो कोठामा टिभी, कम्प्युटर लगायतका मेशीनरी प्रबिधीहरुको प्रयोग नगर्नुहोस् र आफु सुत्ने कोठाको तापक्रम आफ्नो पुरै घरको तापक्रम भन्दा केही चिसो पार्नुहोस् ।

मस्तसँग सुत्नका लागि कोठाको तापक्रम करिव १८ डीग्रि सेलसियस हुनु आवश्यक छ । कफि तथा क्याफिन जस्ता पदार्थको सेवन रातको समयमा गर्दै नगर्नुहोस् र रातमा सुत्ने नियमित तालिका अपनाउनु होस् ।

अत्यधिक चिल्लोको प्रयोग:

जुनसुकै प्रकारको चिल्लोको प्रयोग गर्दा पनि शरिरले फरक प्रतिक्रिया दिने गर्छ । अनुसन्धानले के देखाएको छ भने मासु र दुधजन्य खानेकुरा र दुधबाट उत्पादन भएका खानेकुराको सेवन गर्नाले शरीरमा अत्यधिक मात्रामा चिल्लोपना तथा बोसोको मात्रा उत्पादन हुने गर्छ ।

तर ओखर, सूर्यमुखि फूलको बिउ, सालमन माछा, जैतुनको तेल र एभोकाडो फलको प्रयोग भने स्वास्थ्यका लागि फाइदाजनक छ । सल्लाह- चिल्लो पदार्थको प्रयोगमा सजगता अपनाउनु होस् । किनकि धेरै मात्रामा गरिने चिल्लो तथा बोसो जन्य पदार्थको सेवनले शरिरमा नकारात्मक प्रभाव पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *