तपाईको दाँत यस्तो भयो, यहाँ छ घरेलु उपचार बिधी

काठमाडौ । दाँत सुन्दरताको पनि प्रतिक हो । सुन्दर दाँतले सुन्दरतालाई बढाउँछ । खाना चपाउने मात्र होइन यसले अनुहारको सुन्दरतालाई बढाउन पनि उत्तिकै भूमिका खेल्छ । साथै दाँतको दुखाई निकै कठिन पनि हुन्छ । त्यसैले दाँतको समस्यालाई खेलाची गरेपछि आफैलाई निकै दुख दिन्छ । दाँत सडे, खाल्डो परे घरेलु विधि अपनाएर यस समस्याबाट मुक्त हुन सकिन्छ ।

१। दाँत सम्बन्धि कुनै पनि समस्यामा ल्वाङ प्रभावकारी मानिन्छ । यसले दाँतको दुखाई कम गर्नुका साथै दाँतमा क्याभिटी फैलिन दिदैन । यसकालागी एक चौथाई तिलको तेलमा २/३ थोपा ल्वाङ्गको तेल मिसाएर राती सु त्नु अगाडी दाँतमा लगाएमा दाँतलाई आराम दिलाउँछ ।

२। नुनको प्रयोगले दाँतको दुखाई तथा दाँत सुन्निने समस्या कम गर्दछ । साथै कुनै सं’क्रम’ण तथा मुखमा व्याक्टेरियाको वृद्धि हुनबाट रोक्छ । यसकालागी एक चम्चा नुनलाई तातो पानीमा मिसाएर कुल्ला गर्नुपर्छ ।

३। एन्टी व्याक्टेरियलको साथ एन्टीबायोटिक गुणका कारण लसुनको प्रयोग क्याभिटीमा प्रभावकारी मानिन्छ । लसुनले दाँत टुक्रने तथा क्याभिटीको समस्या कम गर्न मद्दत गर्नुका साथै दाँतको दुखाईबाट समेत राहत दिलाउँछ । यसकालागि ३र४ पोटी लसुनलाई पिसेर एक चौथाई सिधे नुनमा मिसाएर लेप बनाइ संक्रमित दाँतमा लगाएर १० मिनेट राखेमा क्याभिटीको समस्या निकै कम हुन्छ ।

४। जेठी मधुमा रहेको एन्टी व्याक्टेरियल तत्वले दाँतमा क्याभिटीको विकास हुन दिदैन । साथै, दाँतमा काई लाग्न नदिएर दाँतलाई स्वस्थ राख्दछ । जेठी मधुको जरालाई धुलो बनाएर मञ्जनको रुपमा दाँतमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, मुलेठीको डाढलाई टुथब्रशको रुपमा पनि दाँतमा प्रयोग गरे राम्रो लाभ मिल्दछ ।

५। बेसारले क्याभिटीबाट हुने दाँतको दुखाई कम गर्दछ । बेसारको धुलोलाई प्रभावित दाँतमा लगाएर केही बेर राखेर मनतातो पानीले कुल्ला गरे क्याभिटी हुदैन ।

६। निमको पात पनि क्याभिटी हटाउन र गिजा स्वस्थ तथा मजबुत राख्न सहायता गर्दछ । दाँत तथा गिजामा नीमको रसले मज्जाले दलेर केही समयपछि मनतातो पानीले कुल्ला गरेमा राम्रो लाभ दिन्छ ।

७। अमलामा रहेको एन्टीअक्सिडेन्ट तत्व तथा भिटामिन सीले व्याक्टेरिया तथा रोगको संक्रमणसित लड्न मद्दत गर्छ । अमलाई सिंगै वा आधा गिलास पानीमा आधा चम्चा अमलाको रस मिसाएर पनि यसको सेवन नियमित गरे चाँडै राहत मिल्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *