राजा आउ, देश बचाउ भन्नेलाई दिपक राज गिरीको दह्रो झापड !

चर्चित हास्यकलाकार तथा अभिनेता दीपक राज गिरीले कर्मचारीतन्त्रका कारण अघि अगाडी बढ्न नसकेको अभिव्यक्त्ति दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राजावादी आन्दोलनलाई व्याङ्गय गरेका हुन् ।

उनले लेखेका छन्, “राजा आउ देश बचाउ रे जो आए नि देश चलाउने कर्मचारी यिनै हुन्, संयन्त्र यहि हो , सल्लाकार तिनै हुन् महादेब नै आए पनि केहि हुनेवाला छैन – जय नेपाल !!”

यसअगाडी पनि केटीएम दैनिकले झापामा भएको राजाबादी आन्दोलनमा भारतीय नम्बर प्लेटका गाडीहरु र मानिसहरुको बारेमा समाचार लेखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *